खेलकुद »

साउनको अन्तिम साता कलेजस्तरीय कप फुटसल

पोखरा । पोखरामा इन्टरकलेज हिमाअज कप–२०१९ फुटसल प्रतियोगिता हुने भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालीले साउनको ३१ गतेदेखि भाटभटेनीस्थित सुपर मार्केटको पोखरा स्काई स्पोर्ट्समा फुटसलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । एपी इन्टेरटेन्मेण्ट पनि आयोजक सँस्थाका रुपमा रहेको छ । प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार, उत्कृष्ट खेलाडी र अनुशासित…

मुस्ताङको बारगुङमा यार्तुङसँगै घोडादौड र सेभेन ए साइड फुटबल

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ३८०० मिटरको उचाईमा मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकाले आयोजना गर्ने यार्तुङ महोत्सवमा सेभेन ए साइड फुटबल तथा घोडा दौड प्रतियोगिता हुनेछ । यही साउनको २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्ने बारागुङ क्षेत्रमा महोत्सव आयोजना…

आउदी कप फुटबलको फाइनलमा घरेलु बायर्न म्युनिख र टोटेह्याम

प्रि–सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु वायर्न म्युनिख र बेलायती क्लब टोटेनह्याम फाइनल खेल्ने भएका छन् । बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ । घरेलु बायर्नले टर्कीको फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको हो । टर्कीको फेनरबाचेलाई पराजित गर्न…

ग्लोबल टी–२० क्रिकेटमा विनिपेगले टोरन्टोलाई हरायो

क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा विनिपेग हक्सले टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ । जारी लिगमा सोमपाल विनिपेग र सन्दीप टोरन्टोमा आबद्ध छन् । उनीहरु ति क्लबहरुको व्यवसायिक खेलाडीहरु हुन् । क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।…

गण्डकी प्रदेशस्तरीय कराँते तयारी १२ तौल समूहमा प्रतिस्पर्धा

पोखरा । क्योकुशिन कान कराँते संघ कास्की शाखाले आयोजनामा भदौमा दोस्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । पोखरा रंगशलामा भदौको १३ र १४ गते आयोजना गरिने प्रतियोगितामा गण्डकी प्रदेशका नेपाल क्योकुशिन बुदोकाई कराँते संघमा आवद्ध भएका खेलाडीले मात्र भाग लिन पाउने प्रतियोगिता संयोजक दिपकबहादुर गोदारले जानकारी दिए । १२…

भदौको दोस्रो हप्ता पोखरामा कराँतेको ग्राण्ड च्याम्पियनसीप

पोखरा । भदौको दोस्रो हप्ता पोखरामा कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ । नेपाल फुल कन्ट्याक्ट कराँते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरुस्कार राशीको कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट कराँतेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीप हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल फुल कन्टयाक्ट कराँते…

कुवेत जान लागेका एएसबीसीका खेलाडी विदाई

पोखरा । कुवेतमा आयोजना हुने एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरुलाई सोमबार विदाई गरिएको छ । च्याम्पियनसीपका लागि कुवेत जान लागेका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच विदाई गरेका हुन् । च्याम्पियनसीपमा नेपालका छिरिङ वाङ्गदी शेर्पाले समेत प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट…

हिरोज तेक्वान्दो च्याम्पिययनसीपमा नेपाललाई ४ स्वर्ण

पोखरा । नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा चार स्वर्ण जितेका छन् । प्रतियोगितामा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन् । सुप्रिया बजगाईं र पूजा कुँवरले फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् । अरुण टमाटाले कास्यमा चित्त…

साउनको १६ गतेदेखि सागको कराते खेलाडी छनोट प्रतिस्पर्धाका खेलहरु

पोखरा । साउनको १६ गतेबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेको खेलाडी छनोटको प्रतिस्पर्धाका खेल हुने भएको छ । नेपालमा हुने साग गेमका लागि कराते खेलाडी छनोटको प्रतिस्पर्धाका खेलहरु नेपाल कराते महासंघले गर्ने भएको हो । कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष तथा महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न…

१३ औं साग तयारी, काठमाण्डौं, ललितपुर र पोखरामा २७ खेलहरु

पोखरा । आगामी मंसिरको १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ । सागमा समावेश २७ खेलहरु छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेल स्थलको टुंगो लगाएको हो । राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार…