खेलकुद »

आइसीसी विश्वकप क्रिकेटकमा न्यूजिल्याण्डमाथि पाकिस्तानको जित

विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई शान्दार जित निकालेको छ । दुई टोलीबीचको महत्वपूर्ण खेलमा जित निकाल्दै पाकिस्तान विजयी बनेको हो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्ड पूरा ५० ओभर खेल्दै दुई सय ३७ रनमात्र बनाउन सफल भयो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले अन्तिम ओभरमा ४ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको थियो । प्रारम्भमै न्युजिल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि…

प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफ च्याम्पियन

पोखरा । एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । महेन्द्रनगरको कञ्चनपुरस्थित कभर्डहल क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै, उपविजेता सुदुरपश्चिमले ३ लाख प्राप्त हात पा¥यो । सुदुरपश्चिमले दिएको ७२ रनको…

एएफसी कपबाट मनाङ मस्र्याङ्दी बाहिरियो

पोखरा । मनाङ मर्स्याङ्दी क्लब एएफसी कपबाट बाहिरिएको छ । शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ प्रतियोगितामा जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।  सातदोबाटोमा भएको अन्तिम खेलमा भारतको चेन्नइयिन एफसीसँग ३–२ गोलले पराजित भएसँगै मनाङले एफसी कपको यात्रा समेत टुंगाएको छ । चेन्नइयिन भने मनाङलाई पराजित गर्दै अर्को चरणमा पुगेको छ । ८८ औं…

अफ्रिकन नेसन्स कपमा साविक विजेता क्यामरुनको विजयी शुरुवात

इजिप्टमा जारी अफ्रिकन नेसन्स कपमा साबिक विजेता क्यामरुनले गिनी–बिसाउमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । नेसन्स कप अन्तर्गत क्यामरुनले खेलेको पहिलो खेलमा गिनी–बिसाउलाई २–० गोल अन्तरले जित निकाल्दै क्यामरुनले विजयी सुरुवात गरेको थियो । क्यामरुनको जितमा याया बनना र स्टेहान बहोकेनले एक एक गोल गरे । जितसँगै समूह ‘एफ’को क्यामरुनले पहिलो खेलबाट ३ अंक…

नेदरल्याण्ड्स र इटली फिफा महिला विश्वकपको क्वाटरफाइनलमा

नेदरल्याण्ड्स र इटली महिला विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले जापानलाई २–१ र इटलीले चीनलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थानमा सुरक्षित बनाएका हुन् । नेदरल्याण्ड्सको जितमा दुवै गोल लिक मार्टेन्सले गरेकी हुन् । जापानका लागि युइ हसेगवाले एक गोल फर्काइन् । १७…

अष्ट्रेलिया आइसीसी विश्वकप क्रिकेटको सेमिफाइनलमा

एकदिवसीय विश्वकप अन्तर्गत हिजो राति समपन्न ३२ औँ खेलमा साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इङल्यान्डलाई ६४ रनले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमै रोकिएपछि अष्ट्रेलियाको जित भएको हो । योसँगै अष्ट्रेलिया फाइनलका लागि अघि बढेको छ । इङल्यान्डका…

प्रधानमन्त्री कप टी–ट्वान्टी : खेल रद्दसँगै सुदुरपश्चिम फाइनलमा

पोखरा । सुदुरपश्चिम प्रदेश कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्द भएसँगै प्रदेश २ सँग अंक बाँड्दै सुदुरपश्चिम फाइनल पुगेको हो । महेन्द्रनगरस्थित क्रिकेट मैदानमा मंगलबार वर्षाको कारण भिजेको मैदान नसुक्दा सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको थियो…

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा

कोपा अमेरिकाको समूह ‘सी’ को चिली र उरुग्वे तथा जापान र ईक्वेडरको खेल समाप्तिसँगै क्वटरफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनलमा उरुग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले कोलम्बियासँग खेल्नेछ । यसैगरी, आयोजक ब्राजिलले पाराग्वे र अर्जेन्टिनाले भेनेजुएलासँग क्वाटरफाइनल खेल्नेछ । कोपा अमेरिका अन्तर्गत मंगलबार विहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वेसँग हार ब्यहोरेको छ ।…

बंगलादेशी क्रिकेटर सकीव अल असनले लिए कीर्तिमानी ५ विकेट

बंगलादेशका लागि सकीब अल हसनले ५ विकेट लिए । बंगलादेशी क्रिकेटर सकीब अल हसनले घातक बलिङ गर्दै विश्वकपमा एक्लै पाँच विकेट लिने पहिलो बंगलादेशी क्रिकेटर बनेका छन् । योसँगै उनले कीर्तिमानी राखेका छन् । उनी विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने पहिलो क्रिकेटर बनेका छन् । १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर उनले सो…

आइसीसी विश्वकप क्रिकेटमा अफगानमाथि बंगलादेशको जित

एक दिवसिय विश्वकप क्रिकेटको ३१ औँ खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अल आउट हुँदै २ सय रनमा रोकिएपछि बंगलादेश विजयी बनेको हो । अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले सर्वाधिक ४९ रन को योगदान दिए । त्यस्तै, कप्तान ओपनर गुलबद्दिन नाइबले ४७ रन,…