खेलकुद »

भारतीय ओपनर ब्याट्सम्यान धवन पनि तीन साताका लागि आइसीसीको मैदान बाहिर

भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन पनि तीन साता मैदान बाहिर रहने भएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा चोट बोकेपछि धवन तीन साता मैदान बाहिर रहने भएका हुन् । मैदान बाहिर रहने भएपछि धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँच खेल गुमाउने भएका छन् । अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनले बुढी औंलाको चोट…

एक दिवसीय विश्वकपबाट अष्ट्रेलियाका अलराउण्डर स्टोनिस बाहिरिए

अष्ट्रेलियाका अलराउण्डर मार्कुस स्टोनिसले इङल्याण्डमा जारी १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको बाँकी खेल गुमाउने भएका छन् । क्रिकेट अष्ट्रेलियाले स्टोनिसको स्थानमा मिचेल मार्शलाई टिममा बोलाएको छ । फिटनेसको कारण स्टोनिसलाई टिमबाहिर राखिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । स्टोनिसलाई अष्ट्रेलियाले पाकिस्तानविरुद्ध बुधबार हुने खेलका लागि पनि टिममा राखेन ।

एन्फा उमेर समूह, प्रदेश र साग गेमका प्रशिक्षकहरुको चयन

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न उमेर समूहको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक चयन गरेको छ । एन्फाले मंगलबार दक्षिण एसियाली खेलकुद (साग) टिम, यु–१६, य–१८, यु–१५, बुटवल एकेडमी, धरान एकेडमी र सातै प्रदेशको मुख्य प्रशिक्षक चयन गरेको हो । एन्फाको टेक्निकल टिमले मंगलबार मुख्य प्रशिक्षक घोषणा गरेको हो । एन्फाले नेपालमा आयोजना…

असारको १७ देखि २४ सम्म मलेसियामा एसीसी यु–१९ क्रिकेट

पोखरा । एसीसी यु–१९ इष्टर्न रिजनको आगामी असारको १७ देखि २४ सम्म मलेसियामा हुने भएको छ । प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड, भुटान, चाइना र म्यानमार गरी ८ टिमको सहभागी रहनेछ । सहभागी ८ टिमलाई २ समुहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा नेपालसहित चीन, म्यानमार, र सिंगापुर समुह छन् । समूह बी मा…

युरो कप छनोट : १२ खेलमा ४५ गोल

युरो कप छनौट फुटबलमा सोमबार राति १२ खेल भएको छ । १२ खेलमा ४५ गोल भएको छ । खेलहरुमा केही पत्यारिला र केही अपत्यारिला नतिजाहरु आएका छन् । समूह ए को खेलमा कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । चेक गणतन्त्रले मोन्टेनेग्रोलाई ३–० ले हरायो । समूह बी को खेलमा सर्बियाले लिथुआनियालाई ४–१ ले हरायो ।…

वेष्ट इण्डिज र दक्षिण अफ्रिकाले पनि आइसीसी विश्वकपमा बराबरी खेल्यो

इङल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत वर्षाका कारण दक्षिण अफ्रिका र वेष्ट इण्डिजबीचको खेल पनि नतिजाविहीन बनेको थियो । साउथह्याम्पटनमा सोमबार वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इण्डिजको खेल स्थगित भएको थियो । टस हारेर दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो…

आइसीसी विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशले अंक बाँडे

एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार हुने भनिएको श्रीलंका र बंगलादेशबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेलनै सुरु हुन नपाई रद्ध भएको हो । योसँगै दुबै टोलीले एक/ एक अंक बाँडेका छन् । श्रीलंका ४ खेलमा १ मा जित १ मा हारका साथ ४ अंक जोड्दै पाँचौ स्थानमा छ । यसअघि श्रीलंकाले वर्षाको…

नेपालको राष्ट्रिय भलिबलको प्रशिक्षकमा डच हान एबिङ

पोखरा । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रशिक्षण दिन नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङ नेपाल आउने भएका छन् । नेपालमा आयोजना हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि डच प्रशिक्षक एबिङ नेपाल आउने भएका हुन् । नेपाल भलिबल संघका सचिव जगदीश भट्टले अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) प्रशिक्षक एबिङलाई नेपाल पठाउन…

पोर्चुगल ‘युइएफए नेसन्स लिग’ च्याम्पियन

 खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै युइएफए नेसन्स लिगको आयोजक पोर्चुगल आफै च्याम्पियन बनेको छ । पोर्टोमा भएको खेलमा दोस्रो हाफमा गोन्कालो गुइडेसले गरेको गोलले नै पोर्चुगललाई च्याम्पियन बनायो । खेलको ६० औं मिनेटमा बर्नाडो सिल्भाको पासमा गोन्कालोले गोल गरेका थिए । पहिलो हाफमा घरेलु टोलीले नेदरल्यान्डलाई दवावमा राखेपनि गोल गर्न असफल…

भारतीय क्रिकेटका ब्याट्सम्यान, अलराउण्डर युवराज सिंहले सन्यास लिए

भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्यासको घोषणा गरेका हुन् । युवराजको नाममा विश्व क्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पूरा गर्ने जस्ता दुर्लभ कीर्तिमान छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए…