खेलकुद »

एसीलेइग बार्टीले जितिन् फेन्च ओपन टेनिस

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन् । शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराइन् । आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध पारिन् । २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी १७ महिनाअघि क्रिकेट छाडेर…

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिए

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलबाटै बाहिरिएका छन् । डोमिनिक थिएमसंग पराजित हुदै जोकोभिच फ्रेन्च ओपनबाट बाहिरिएका हुन् । थिएमले जोकोभिचविरुद्व ६–२, ३–६, ७–५, ५–७ र ७–५ को जित निकाले । थिएम र जोकोभित्रबीचको सेमिफाइनल खेल खराब मौसमका कारण तीन पटक अवरुद्व बनेको थियो । चौथो वरीयताका थिएमले उपाधिका लागि ११ पटकका…

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो

पोखरा । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो बनेको छ । खेलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो हासिल गरेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पुलिसले एपीएफलाई २५–१२, १८–२५, २५–२१ र २५–१२ को सेटमा पराजित ग¥यो । तेस्रो…

न्यू डायमण्ड दिदीबहिनी भलिवलको च्याम्पियन

लमजुङ । काठमाडौंको न्यू डायमण्ड एकेडेमीले दोस्रो भोर्लेटार दिदीबहिनी भलिवल कपको च्याम्पियन बनेको छ । प्रतियोगिताको फाइनल खेलमा न्यू डायमण्डले पोखराको टप्स आवासीय माविलाई २५–१७, २५–१५ र २६–२४ को सोझो सेटले हराउँदै च्याम्पियन बनेको हो । उपाधिसँगै न्यू डायमण्डले ५० हजार र उपविजेता टप्स माविले ३० हजार कप मेडल र प्रमाणपत्र हात पारेका छन् ।…

पुलिसलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाण्डौं ।  विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि…

आइसीसी विश्वकप क्रिकेट अस्ट्रेलियाको लगातार दोस्रो जित, वेस्ट इन्डिज १५ रनले पराजित

पोखरा । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार मानिएको अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । अस्ट्रेलियाले दिएको २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५०…

प्रधानसेनापति कप भलिबलमा गण्डकी र आर्मी फाइनल भिड्दै

पोखरा । चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो । गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३, २९–२७ को सेटमा पाखा लगायो । गण्डकीले फाइनलमा विभागीय आर्मीसँग उपाधिका लागि फाइनल खेल्नेछ ।…

मर्निङ स्टारले चुम्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा । अन्नपूर्ण गाउँपालिका सम्पन्न प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मर्निङ स्टार माध्यमिक विद्यालयले जितेको छ । तिन दिनसम्म जारी प्रतियोगितामा मर्निङस्टारले कूल ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पार्दै उपाधि चुमेको हो । उपाधिसँगै मर्निङ स्टारले नगद १५ हजार, शिल्ड, कप र प्रमाणपत्र पुरस्कार पाएको छ । त्यस्तै उमा माध्यमिक…

लमजुङको मध्यनेपाल नगरपालिका–६,र्लेटारमा दिदीबहिनी भलिवल कप भलिबल प्रतियोगिता शुरु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–६, भोर्लेटारमा दोस्रो भोर्लेटार दिदीबहिनी भलिवल कप भलिबल प्रतियोगिता शुरु भएको छ । दिदीबहिनी क्लब भोर्लेटारको आयोजनामा शुरु उक्त प्रतियोगिताको एक समारोहबीच सोही वडाका अध्यक्ष विष्णुभक्त पौडेलले उदघाटन गरे । प्रतियोगितामा लमजुङका अतिरिक्त काठमाडौं, पोखरा, दमौलीलगायतका भलिबल टिमहरुको सहभागिता छ । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगिताको उद्घाटन खेल आयोजक भोर्लेटार दिदीबहिनी…

प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठलाई टीभीएस वर्ष खेलाडी अवार्ड

पोखरा । प्याराग्लाइडिङका युकेश गुरुङ र फूल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ टीभीएस वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गर्दै आएको चौथो संस्करणको टीभीएस अपाचे स्पोर्टस् अवार्डमा उनीहरु गण्डकी प्रदेशकै वर्ष खेलाडी बन्न सफल भएका हुन् । वर्ष खेलाडीमा पुरुषतर्फ युकेशले टीभीएस अपाचे मोटरसाइकल र महिलातर्फ सुस्मी श्रेष्ठले टीभीएस वीगो स्कूटरको…