खेलकुद »

प्रधानमन्त्री कप क्रिकेट आर्मी क्लब फाइनलमा

पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३ सय १० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले…

प्रधान सेनापति कप राष्ट्रिय भलिबलमा गण्डकी प्रदेश सेमिफाइनल पुग्यो

पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ ।…

अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न

अन्नपूर्ण\देउराली । अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तरगत घान्द्रुकमा भलिबल र बास्केटबल सम्पन्न भएका छन् । चारदिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबलका प्रारम्भिक चरणका खेलहरु सम्पन्न भएका हुन्् । प्रमुख अतिथि विजयकुमार गच्छदारले खेलका मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका हुन् । दोस्रो अन्नपूर्ण म्याराथनका लागि एबीसी प्रस्थान गरेका धावकहरु देउराली पुगेका छन् । म्याराथन…

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो हार

पोखरा । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विभागीय एपीएफसँग ६ विकेटले हारेको छ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६ विकेटले पराजित गरेसँगै लगातार तीन जितसहित एपीएफले सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३…

फिफा यु–२० विश्वकपमा ट्रिपल ह्याट्रिकसहित ब्राउट हल्याण्डले बनाए आफ्नो नाममा नयाँ रेकर्ड

पोखरा । नर्वेका १८ वर्षीय युवा फरवार्ड इर्लिङ ब्राउट हल्याण्डले एउटै खेलमा ९ गोल गरेर विश्व कीर्तिमान बनाएका छन् । पोल्यान्डमा जारी फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितामा हल्याण्ड एक्लैले नौ गोल हानेर फुटबल जगतमा सनसनी मच्चाएका हुन् । हल्याण्डको ९ गोलको मदतमा नर्वेले यु–२० को इतिहासमा सबैभन्दा फराकिलो जित निकाल्दा हल्याण्डले पनि रेकर्ड बनाए ।…

आइसीसी विश्वकप क्रिकेट, वेष्ट इण्डिजको विजयी शुरुवात

पोखरा । इङल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको तेस्रो खेलमा वेष्ट इण्डिजले विजयी सुरुवात गरेको छ । खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो । इङल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले…

आइसीसी विश्वकप क्रिकेट, १०४ रनले इङल्याण्डको जित

पोखरा । घरेलु टोली इङल्याण्डले एक दिवसिय आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३…

स्पोर्टस् अवार्डलाई सहयोग जारी, गण्डकी प्रदेश सरकारबाट ५ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मञ्चको टोलीले अघिल्लो महिना मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई…

सागका खेलाडीलाई प्रशिक्षण शुरु

पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालबाट सहभागी खेलाडीहरुको बुधबारदेखि विशेष प्रशिक्षण संचालन गर्ने भएको छ । उक्त खेलको खेलाडीको तयारीलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण संचालन गर्ने भएको हो । विशेष प्रशिक्षणको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षण बिहीबारदेखि…

विभागीय त्रिभुवन आर्मी क्लब पुरुष भलिबल टोलीका कप्तान मानबहादुर टिममा फर्किए

पोखरा । विभागीय त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ विभागीय कारवाहीपछि टोलीमा फर्किएका छन् । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकरसमेत रहेका मानबहादुरले नेपाली सेनाको आयोजनामा हुने चौथो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा पुनरागमन गर्दैछन् । प्रधानसेनापति भलिबल १९ जेठबाट २३ जेठसम्म लगनखेलमा आयोजना हुँदैछ । स्वीकृतिविनै मैत्रीपुर्ण खेल खेल्न…