खेलकुद »

दोहोरियो सन्दीपको सीपीएल यात्रा, ८० लाखमा बार्बाडस ट्रीडेण्टससँग अनुवन्ध

पोखरा । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडस ट्रीडेण्टसमा अनुबन्धित भएका छन् । वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लीग सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बार्बाडसले अनुबन्ध गरेको हो । बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन्…

मेस्सीको कप्तानीमा कोपा अमेरिका खेल्ने अर्जेन्टिनियन राष्ट्रिय टिमको घोषणा

पोखरा । कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । आगामी १४ जुनदेखि ७ जुलाईसम्म हुने खेलमा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी र म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरो टिममा फर्किएका छन् । चर्चित खेलाडीहरुको बाहुल्यता रहेको टिममा लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज र म्याटिस…

नेपाली महिला राष्ट्रिय फुटवलकी स्टार फरवार्ड सावित्रा ‘साम्बा’ को टिम सेथु एफसी हिरो आइडब्लुएलको च्याम्पियन बन्यो

पोखरा । सेथु एफसीले तेस्रो संस्करणको हिरो इन्डियन वुमन्स लिग (आइडब्लुएल) फुटबलको उपाधि जितेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले दुई गोल गरेपछि सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबमाथि ३–१ को जित निकाल्दै उपाधि जितेको हो । सेथुले प्रतियोगितामा खेलेको सबै खेल जित्दै उपाधि कब्जा गरेको हो । पञ्जावको लुधियानास्थित गुरु…

जेठको २० गते दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन

काठमाण्डौं । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण यही जेठ महिनाको २० गते आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौँ समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा सञ्चालन गरिने जानकारी गराएको थियो । म्याराथनमा नेपाली र विदेशी गरी करिब १ सय जनाले दौडने आयोजकले जनाएको छ । ४२ सय मिटर उचाइबाट…

१६ वर्ष उमेर समुहका छात्र/छात्रालाई पोखरामा बास्केट बल प्रशिक्षण शुरु

पोखरा । कास्की जिल्ला बास्केट बल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केट बल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेश सांसद दिपक कोइराला ‘रुपक’ले एक कार्यक्रमबीच प्रशिक्षणको उद्घाटन गरेका हुन् । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १०…

विश्व फुटबलर ओजिल मेसुटको सगरमाथा आधार शिविरमा चर्चा

पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् । पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् । यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको…

१३ औं दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक

पोखरा । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा लोगो र म्यासकट सार्वजनिक गरिएको थियो । सागको प्रतिक चिन्ह लोगोमा परेवा राखिएको छ भने म्यासकटमा कृष्णसार राखिएको छ । खुल्ला चित्र प्रतियोगिताबाट छानिएको लोगो र म्यासकट…

गण्डकी प्रदेशलाई इलाम आमन्त्रित पुरुष नकआउट भलिबलको उपाधि

पोखरा । गण्डकी प्रदेशले प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  इलाममा सम्पन्न फाइनल खेलमा झापा बिर्तामोडको विमान ट्रेडर्स भलिबल टिमलाई गण्डकीले २५–१७, २५–१३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । विजेता गण्डकीले १ लाख ५१ हजार र उपविजेता बिर्तामोडले ८१ हजार रुपैयाँ पाए । म्यान अफ…

आईपीएलको उपाधि मुम्बई इन्डियन्सले जित्यो

इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्यो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ । टस जितेर ब्याटिङ रोजेको मुम्बईले…

म्यानचेस्टर सिटीले जित्यो यस सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ । खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन…