खेलकुद »

घोडा दौड ‘इक्विस्ट्रियन’ प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमानसहित सबै पदकहरु विभागीय नेपाली सेनाकै हातमा

पोखरा । इक्विस्ट्रियन (घोडादौड)को हाइजम्प प्रतियोगिताको सबै पदकहरु विभागीय नेपाली सेनाले हात पारेको छ । उक्त प्रतियोगितामा विभागीय नेपाली सेनाका जगदिश घिर्सिङ र ‘सम्मोहन’ घोडाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेको छ । नेपाल इक्विस्ट्रियन संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् र नेपाली सेनाको संयोजनमा पोखरास्थित फेवाताल किनारमा रहेको बाराहीघाट खेलमैदानमा सम्पन्न पाँचौँ…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई पदक दिलाउने ह्याण्डबल खेलाडीहरुको पोखरामा सम्मान

पोखरा । नेपालगञ्जमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ । प्रतियोगिताअन्तरगत गण्डकी प्रदेशले पुरुषतर्फको ह्याण्डवल खेलमा स्वर्ण पदक र महिलातर्फ कास्य पदक जितेको थियो । कास्की जिल्ला ह्याण्डवल संघले समग्र प्रदेशको इज्जत राख्न सफल स्वर्ण पदक दिलाउने ह्याण्डवलका खेलाडीहरुको थप हौसला स्वरुप एक समारोहबीच शनिबार पोखरा…

पोखरामा हुने साग खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि आर्चरी खेलको पूर्वाधार निर्माणमा जोड

पोखरा । पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । शनिबार पोखरामा सम्पन्न कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । पोखरा रंगशालास्थित आर्चरीको खेल मैदानलाई व्यवस्थित गर्न यसअघि राष्ट्रिय खेलकुद परिषदले ५० लाख…

जापानका माकोतोलाई ट्रायथलन च्याम्पियनसीपको स्वर्ण

पोखरा । जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्रायथलन च्याम्पियनसीपमा स्वर्ण हात पारेका छन् । माकोतोले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेण्डमा पार गर्दै स्वर्ण हात पारेका हुन् । उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् ।…

पोखराको फेवातालमा शनिबार हुने ट्रायथलनमा २७ र दुआथलनमा १३ जनाको कडा प्रतिस्पर्धा

पोखरा । एशियन कप ट्रायथलन प्रतियोगिता शनिबार पोखरामा हुने भएको छ । नेपाल ट्रायथलन संघको आयोजनामा पहिलो पटक नेपालको सुन्दर नगरी पोखरामा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने भएको हो । अन्तराष्ट्रिय ट्रायथलन युनियनको मान्यताप्राप्त प्रतियोगिता पोखराको फेवा तालमा हुनेछ । जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशलगायतका विदेशी खेलाडीहरु प्रतिस्पर्धाका लागि नेपाल आइसकेका छन्…

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न, गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुदको जिम्मा

पोखरा । ०७७ सालमा गण्डकी प्रदेशमा भेट्ने बाचासहित आठौँ बृहत राष्ट्रिय खेलकुद सकिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितीमा बुधवार नेपागन्ज रंगशालमा आठौँ राष्ट्रिय खेलुकदको औपचारिक समापन गरिएको हो । यससँगै गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा पाएको छ । नेपालगन्जस्थित रंगशालामा बुधबार साझँ समापन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय…

गण्डकी प्रदेशलाई टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक

नेपालगञ्ज । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले टिम इभेन्ट्सको ह्याण्डबलबाट पहिलो स्वर्ण पदक हात पारेको छ । प्रतियोगिता अन्तरगत मंगलबार पुरुषतर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालाको परिसरस्थित फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफलाई ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले समुहतर्फ पहिलो…

गण्डकीलाई आइटीएफ तेक्वान्दोमा १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै…

गण्डकीको दुबै टिम ह्याण्डबलको सेमिफाइनलमा

नेपालगञ्ज ।  गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको दुबै टिम सेमिफाइनलमा पुगेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल…

ह्याण्डबलमा गण्डकी प्रदेशको महिला, पुरुष दुवैतर्फ दोहोरो जित

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला दुवैतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हात पारेको छ । गण्डकी प्रदेशको महिला ह्याण्डबलले शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको उद्घाटनसहित दुवै खेलमा जित हासिल गरेको छ ।गण्डकी प्रदेशले पुरुषतर्फको एक खेलमा समेत जित हासिल गर्दै समग्रमा दोहोरो जित…