खेलकुद »

 राष्ट्रपति भण्डारीद्धारा आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन

नेपालगञ्ज । राष्ट्रपति बिद्यादेवी भण्डारीले आठौं संस्करणको खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् । विहीबार साँझ नेपालगञ्जको नव निर्मित रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति भण्डारीले आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको घोषणा गरिन् । कर्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताइन् । खेलकुदका कार्यक्रममा बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई समेट्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड…

आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा, विभागीय क्लबको वर्चस्व, गण्डकी प्रदेश पाँचौ स्थानमा

नेपालगञ्ज । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । राष्ट्रपति विद्या भण्डारीले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा बताए । विहीबार साँझ साढे…

आठौं राष्ट्रिय खेलकुदमा सहभागी गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनद्धारा विदाई (हेर्नुहोस, समाचार सहित ११ तस्वीर)

पोखरा । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच आइतबार पोखरा रंगशालबाट खेलाडीसहितको टिमहरुलाई विदाई गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । उनले सकारात्मक सोंचका साथ…

ट्रायथलनमा विभागीय क्लब नेपाल आर्मी र एपीएफको बर्चस्व, दुआथलन महिला स्प्रिन्टमा हुमा र सकुन्तला दिदी बहिनीले पदक जिते

पोखरा । आठौं खेलकुद प्रतियोगिताको ट्रायथलनमा विभागीय नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले वर्चश्व जमाएको छ । प्रतियोगिता अन्तरगत पोखरामा सम्पन्न ट्रायथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले सबै इभेन्टको पदक जित्न सफल रह्यो । प्रतियोगिताको स्प्रिन्टतर्फ ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभबन…

२०१९ को डिसेम्बरभित्रै साग गेम हुने नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठको दावी

पोखरा, २३ चैत । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा हुने आगामी साग डिसेम्बर १ देखि १० सम्म गर्ने तयारी भएको दावी गरेका हुन् । साउथ…

क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा थापा

पोखरा, २३ चैत । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको अध्यक्षमा बेलबहादुर थापा चयन भएका छन् । संघको शुक्रबार सम्पन्न पाँचौं अधिवेशन तथा नवौं साधारणसभाले तीन वर्षे कार्यकालका लागि थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दानबहादुर क्षत्री र सागर गिरी, सचिवमा सुरेशराज अधिकारी, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ छन् । सदस्यमा टुकदेवी पुन,…

नेपाल खेलकुद पत्रकार मञ्चको सल्लाहकारहरुलाई स्वागत र सम्मान

पोखरा, २१ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सल्लाहकारको स्वागत तथा सम्मान गरेको छ । मञ्चको गत चैत ८ मा सम्पन्न दोस्रो बैठकले सात सदस्यीय सल्लाहकार मनोनीत गरेको थियो । पोखरामा बुधबार आयोजित सल्लाहकार स्वागत तथा पोखरा स्पोर्टस् अवार्डबारे प्रारम्भिक छलफल कार्यक्रममा मञ्च संस्थापकतर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष तर्फबाट त्रिभुवन…

खेलकुद पत्रकार मञ्च, गण्डकीको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सम्मान

पोखरा, १९ चैत । खेलकुद पत्रकार मञ्च गण्डकीका नयाँ कार्यसमिति अध्यक्ष, पदाधिकारीलगायत सदस्यहरुलाई सोमबार पोखरामा सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिति, कास्की जिल्ला खेलकुद बिकास समिति र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले एक संयूक्त कार्यक्रम गरी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश नवनिर्वाचित कार्यसमितीलाई बधाई र सम्मान गरेको हो । कार्यक्रममा…

विद्यालय उमेर समूहका विद्यार्थीहरुलाई पोखरामा मोआ थाई मार्सल आर्टको निःशुल्क प्रशिक्षण

पोखरा, १९ चैत । विद्यालय उमेर समूहका विद्यार्थीहरुका लागि पोखरामा मंगलबारदेखि मोआ थाई मार्सल आर्टको प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कास्की जिल्ला मोआ थाई संघले विद्यार्थीहरुका लागि उक्त खेलको प्रशिक्षण सञ्चालन गर्न लागेको हो । विद्यार्थीहरुको आत्मरक्षा र स्वास्थ्यलाई तन्दुरुस्त राख्न उक्त प्रशिक्षण संचालन गर्न लागेको मोआ थार्ई कास्कीका मुख्य प्रशिक्षक दिपक गोदारले जानकारी…

पोखरामा चौथो भूपू सैनिक बास्केटबल प्रतियोगिता शुरु

पोखरा, १५ चैत । चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ । गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता छ । पीपीओ पोखरा रामबजारका सीओ कर्णेल प्रतिक शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कर्णेल शर्माले मुख्य रेफ्री विजय मल्ललाई बल…