भलिबलका रमेस केसी ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा रमेस वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षक रमेसले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारे। यस विधामा रमेससँगै टेनिसका निरज थापा र…
व्याडमिन्टनकी दिलासा राना ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा दिलासा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी दिलासाले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारिन्। यस विधामा दिलासासँगै क्रिकेटकी ज्योत्सनिका मरासिनी र…
आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट खेलाडी बनेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा सुस्मिता महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बन्न सफल बनिन्। उत्कृष्ट खेलाडी सुस्मिताले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारिन्। यस विधामा सुस्मितासँगै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही…
क्रिकेटका अर्जुन कुमाल ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी बनेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अर्जुन वर्ष उत्कृष्ट खेलाडी बनेका हुन्। उत्कृष्ट खेलाडी बनेका अर्जुनले टेल्जीको इलेक्ट्रिक स्कूटर र ट्रफी हात पारे। यस विधामा अर्जुनसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा…
पत्रकार रोहितराज पराजुलीलाई पोखरा खेलकुद स्पोर्ट्स अवार्ड–२०८०’ को उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो। प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन…
सहारा क्लब पोखराले आठौँ ‘पोखरा स्पोर्टस अवार्ड–२०८०’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड पाउने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो। छैटौँ संस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदँै आएकोमा सातौँ संस्करणबाट खेल संघ…
एथ्लेटिक्सकी ईन्द्रा मल्लले आठौं पोखरा स्पोर्ट्स अवार्डको लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउँदै छिन्। यही वैसाख २८ गते पोखरा सभागृहमा हुने अवार्ड कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले इन्द्रालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने निर्णय गरेको हो। लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए।…
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई पोखराको सिटिजन फर्निचरले सघाउने भएको छ। नेपाल खेलकुद पत्रकार गण्डकी प्रदेशले यहि बैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८०’लाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो। मंगलबार सिटिजन फर्निचरका संचालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे…
गण्डकी प्रदेश छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपविजेता बनेको छ। प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग हारेपछि गण्डकी प्रदेश उपविजेतामा चित्त बुझाएको छ। धुलिखेल खेल मैदानमा मंगलबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ४–१ गोलले हराउँदै आर्मीले उपाधि जितेको हो। आर्मीलाई जित दिलाउन सरस्वती तामाङले २ गोल गरिन्। सिमा खड्का र कमला…
गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि फाइनल भिड्ने भएका छन्। धुलिखेलमा सोमबार भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोलले हराउँदै गण्डकीले फाइनलमा स्थान बनाएको हो। निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो। पेनाल्टी स्टोकमा गण्डकी बाजी…