आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ। आयोजक खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको सूचीअनुसार स्पोर्ट्स अवार्डका लागि वर्ष पुरुष खेलाडीमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन्। त्यस्तै, वर्ष महिला खेलाडीका लागि आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परेका…
यही वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई टाइगर ग्रुप अफ पोखरा नेपालले सघाउने भएको छ। ग्रुपबाट ‘वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लव’तर्फको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी आइतबार समझदारी भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। आइतबार पोखरामा टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा र मञ्चका अध्यक्ष दीननाथ बरालविच उक्त…
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले वागमती प्रदेशमाथि गोल वर्षा गराएको छ। पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग ०–३ ले हार व्यहोरेको गण्डकीले दोस्रो खेलमा बागमतीलाई फरक गोल अन्तरले हराएको छ। आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ६–० गोलले हरायो। गण्डकीका लागि ज्योति काफ्लेको ह्याट्रिकसहित सीतामाया पुनले २ र गीता…
वेस्ट इन्डिज ‘ए’ टोलीसँगको दोस्रो टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएको छ। ‘वेस्ट इन्डिज ’ए’ ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो। नेपालका कप्तान रोहितकुमार पौडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन…
नेपालका हिमाल टमाटा एसिया कप दुआथलनको च्याम्पीयनसीप बनेका छन्। नेपाल ट्रायथलन एशोसिएसन (एनटीए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्। उनले ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौडको निर्धारित दूरी ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै दुवाथलनको च्याम्पियन बनेका हुन्। ट्रायथलनमा सहभागी अधिकांश…
ट्रायथलन राष्ट्रिय च्याम्पियनसिपमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वर्चश्व कायम गरेको छ। च्याम्पियनसीपमा अन्य खेलाडीलाई पछि पार्दै पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्दै त्रिभुवन आर्मी क्लबले क्लिन स्वीप गरेको हो। सेनाका विपन खत्कत्वाले निर्धारित दूरी १ घन्टा ०५ मिनेट २५ सेकेण्डमा पार गरी च्याम्पियन बने। त्यसैगरी, सेनाकै प्रविन थारुले १ घन्टा ०६ मिनेट २०…
दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसीपको महिला/पुरुष दुबैतर्फ भारतीय खेलाडीले वर्चश्व राखेका छन्। पुरुषतर्फ भारतका मुरलीधर नैरले १ घण्टा ०२ मिनेट ०३ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने। यसैगरी, भारतकै कौसिक विनयले १ घण्टा ०३ मिनेट २६ सेकेण्डमा निर्धारित दूर पार गर्दै दोस्रो बने। नेपालका विपन खत्कत्वाले १ घण्टा ०५ मिनेट २५ सेकेण्डको समयमा निर्धारित दूरी…
इजरायलकी इडा हानिसडोटिर पोखरामा सम्पन्न एसिया कप ट्रायथलन च्याम्पियन बनेकी छन्। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको ट्रायथलनको इडा च्याम्पियन बनेकी हुन्। ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दूरी इडाले १ घण्टा ०६ मिनेटमा निर्धारित दूरी पूरा गर्दै महिलातर्फ च्याम्पियन बनेकी हुन्। च्याम्पियन…
इजिप्टका सिफेलडिन इसमाइल पोखरामा सम्पन्न एशिया कप ट्रायथोलनको च्याम्पियन बनेका छन्। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भएको ट्रायथलनको पुरुषतर्फ इसमाइल च्याम्पियन बनेका हुन्। पुरुषतर्फका च्याम्पियन इसमाइलले ट्रायथलनको स्प्रिन्ट विधाअन्तर्गत फेवातालमा ७ सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडको निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बने। च्याम्पियन इसमाइलले…
वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ। आज (शनिबार) भएको खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो। वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए। रोहित ५४ बलमा १…