कास्कीको पर्यटकिय गाउँ मादी गाउँपालिकाको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने भएको छ। स्क्रयाबल क्लबको आयोजनामा उक्त प्रतियोगिता बैशाखको १४ र १५ गते ‘हिमालय खुला स्क्रयावल प्रतियोगिता’को आयोजना गरिएको हो। हिमालय मिलन माविको स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता हुने स्क्रयाबल क्लबका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिएका छन्। अध्यक्ष…
साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ। साविक विजेता नेपाल आज (शुक्रबार) भएको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको हो। यो हारसँगै नेपालले एसिया कपमा छनोट हुने अवसर पनि गुमाएको छ। यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ। नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। ओमानको अल अमरित क्रिकेट…
ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणका खेलहरुमा नेपालले ४ वटै खेल जितेर समूह विजेता बन्यो। लगातार समूहको खेल जित्दै आएको नेपालले तेस्रो खेलमा हङकङलाई हराएसँगै नेपाल समूह विजेता बनिसकेको थियो। आज (बुधबार) नेपालले साउदी अरबलाई ६ विकेटले हरायो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। पानी परेपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई…
नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको छ। जितसँगै समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेल साउदी अरेयिबासँग खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो। हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर…
बागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको छ। नौ खेल विधामा प्रतिस्पर्धा भएको खेलमा १२२ स्वर्णसहितको प्रतियोगितामा पदक तालिकामा आयोजक बागमति, सूदूरपश्चिम र कोशीसँग पछि पर्दै गण्डकी प्रदेशले चौथो स्थानमा चित्त बुझाएको हो। गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कास्य गरी ४९ पदक प्राप्त गरेको छ। प्रथम संस्करणको सम्पन्न…
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ। आज (शनिबार) नेपालले कतारलाई ३२ रनले हराएको हो। नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो। कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन्। नेपालका लागि ललित राजवंशी, गुल्सन झा…
गण्डकी प्रदेशले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ। चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो। गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८१ ओभरमा १६० रनमै अलआउट भयो। मधेशका लागि पवन सर्राफले ३५ र…
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथन जितेका छन्। श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार जिते। यसैगरी, सशस्त्र प्रहरी बलका किरण बोगटी म्याराथनमा दोस्रो भए। उनले १ घण्टा ६…
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ। आज (शुक्रबार) भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो। मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप…
गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले वागमति अन्तरप्रदेश राष्ट्रिय खेलकुदका अन्तरगतको भलिबलमा स्वर्ण पदक जितेको छ। सात प्रदेश सम्मिलित प्रथम बागमती प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको पुरुष भलिबल टिमले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। चितवनको भरतपुरमा सम्पन्न फाइनलमा गण्डकीले कोशीलाई पहिलो सेट २५–१८, दोस्रो सेट २५–२२ र तेस्रो सेट…