खेलकुद »

यु–१९ महिला टी–२० विश्वकपमा युएईसँग नेपाल पराजित

घरेलु टोली युएईसँग नेपाल १३ रनले पराजित आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले पहिलो हार व्यहोरेको छ। महिला विश्वकप एशिया छनोटको आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो। युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। नेपालका…

फ्रेन्चायज पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

फ्रेन्चायज टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ। टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गरेका हुन्। प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्ससहित पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी, ब्राण्ड एम्बेस्डर सन्दीप क्षत्री, नेपाल क्रिकेट संघ (क्यान) का कप्तान पारस खड्का, १४ पटक हिमाल आरोहण गरेका निमा तेञ्जिङ शेर्पाको उपस्थितिमा जर्सी…

स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने तयारी

स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो। जसमा खेलकुदका विश्वकप क्रिकेटदेखि आइपीएल क्रिकेटसम्म प्रसारण हुँदै आएको छ। नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण पनि स्टार स्पोर्ट्समार्फत गर्ने तयारी थालिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी…

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको तयारी पूरा

पोखरामा पर्सि (शनिबार, कार्तिक २४ गते, २०८१) मा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ। हिमालयन टुरिजम फोरमद्वारा आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय महत्वको पर्वतीय क्रस कन्ट्री दौडको तयारी पूरा भएको जनाएको हो। प्रतियोगिताअन्तर्गत ४ प्रकारका दौडमा करीब १२ सय भन्दा बढी खेलाडीहरुको सहभागितामा दौड हुने पत्रकार…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो जित

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रंगशालामा आज (बिहीबार) भएको खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित हासिल गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। आज (बुधबार) भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदै अलआउट भयो। थाइल्यान्डकी कप्तान अफिसाराले सर्वाधिक १३ रन बनाइन्। नेपालकी रचना चौधरीले ४ विकेट लिइन्। यस्तै, कप्तान पूजा महतो र…

लिग–२ क्रिकेटमा नेपाल र स्कटल्याण्डबीचको खेल रद्द

आइसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो। हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले १÷१ अंक बाँडेका छन्। नेपाल…

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेट च्याम्पियन

श्रीलंका ‘द हङकङ सिक्सेस’ क्रिकेटको च्याम्पियन बनेको छ। आज (आइतबार) सम्पन्न फाइनलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेट हराउँदै उपाधि जितेको हो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान ५ ओभर २ बलमा ७२ रन बनाएर अलआउट भयो। ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५ ओभरमा ३ विकेटको जित निकाल्यो। श्रीलंकालाई जित दिलाउन ओपनर सन्दुक विराक्कोदीले ३४ रन…

‘द हङकङ सिक्सेस’ को प्लेट सेमिफाइनलमा नेपाल युएईसँग पराजित

नेपाल ‘द हङकङ सिक्सेस’ क्रिकेटको प्लेट सेमिफाइनलमा युएईसँग ५ विकेटले पराजित हुँदै क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मिसन रोड क्रिकेट मैदानमा आज (आइतबार) नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले ४ बल बाँकी रहँदा १ विकेट गुमाउँदै भेट्टायो। युएईका लागि कप्तान आसिफ खानले १५ बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे।…

‘द हङकङ सिक्सेस’ क्रिकेटको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

२० औँ ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ। श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो। त्यसअघि, टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायो। यसअघि, आजै भएको समूह चरणको अन्तिम खेलमा…