गोरखाका नवराज गुरुङले कोशी प्रदेशमा भएको एक खेलमा च्याम्पियन बनेका छन्। इटहरिमा भएको मोर्डन पेन्टाथलन प्रतियोगितामा गुरुङ च्याम्पियन बनेका हुन्। मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशले भर्खर मात्र सञ्चालन गरेको प्रतियोगितामा उनले स्वर्ण पदक जितेका हुन्। उनले खुल्ला इभेन्टमा स्वर्ण जितेका हुन्। प्रतियोगिताअन्तर्गत लेजर रनमा ११ स्वर्ण पदक जित्दै कोशी प्रदेश पहिलो बन्यो। कूल २७ पदकका…
नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ। पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो। २ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो। त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको…
चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्। आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ। आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्। सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह…
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ। पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो। चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी…
नेपाल आर्मीका रामजी बस्नेतले लेखनाथ हाफ म्याराथनकोे उपाधि जितेका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा म्याराथन भएको हो। शनिबार लेखनाथस्थित भण्डारढिक खेल मैदानबाट भएको दौड प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घन्टा १३ मिनेटमा पार गर्दै रामजीले उपाधि जितेका हुन्। प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुला २१ किमी अन्तर्गत नेपाल…
भारतमा हुने साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन्। यस्तै, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन्। मिडफिल्डरमा पुजन…
पोखरामा आयोजित ३ दिने खेल पत्रकारिता तालिम आज (शुक्रबार) सकिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको तालिम कार्यक्रमको समापनमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्ने बताए। ‘सूचना तथ्यमा आधारित र नियमसंगत हुनुपर्छ’ उनले भने। तालिमको आयोजनाको कारण पत्रकारको क्षमता अभिवृद्धि हुने बताउँदै उनले तालिममा…
पोखरामा बुधबारबाट खेल पत्रकारितासम्बन्धी तालिम सुरु भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले आयोजना गरेको तालिमको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरिन्। नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारको क्षमता अभिविृद्धि गर्ने खालका कार्यक्रममा आफ्नोतर्फबाट सहयोग रहने बताइन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले…
भारतले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो। एकपक्षीय प्रदर्शन गरेको भारतले २५–१५, २५–२२, २५–१८ को नजिता निकालेको थियो। यसअघि, तेस्रो स्थानका लागि भएको खेलमा साबिक विजेता नेपालले उज्बेकिस्तानलाई…
एनएससी काभा महिला महिला भलिबल च्याम्पियनसीप प्रतियोगितामा घरेलु नेपाली टोली तेस्रो स्थानमा खुम्चिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा तेस्रो स्थानका लागि भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टोली नेपाल च्याम्पियनसीपमा तेस्रो बनेको हो। पहिलो सेटमा लय गुमाएको नेपालले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गर्दै उज्वेकिस्तानलाई पहिलो सेट २५–२० दोस्रो सेट २५–१६ को…