ललितपुरको थ्री स्टार क्लबले छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो। उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता मनाङले भने १० लाख रुपैयाँ पुरस्कार जितेको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा…
नेपाली सेनाका बशन्त थारु र एपीएफकी सोनी गुरुङले राष्ट्रियतर्फको ट्राइथलन प्रतिस्पर्धामा स्वर्ण पदक हात पारेका छन्। थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दूरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दूरी पूरा गरिन्। पुरुषतर्फको स्पर्धामा दोस्रो स्थानमा आउन सफल दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका…
भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीपको स्वर्ण पदक जितेका छन्। आदर्शले ५९ मिनट १० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्। यस्तै, पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घण्टा ६ मिनट २२ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन्।…
जापानका गेन्टा युचिदा र काजाकिस्तानकी इकातेरिना सावालिना एशिया कप ट्राइयाथलन च्याम्पियन बनेका छन्। पोखरामा आज (शनिबार) सम्पन्न एशिया कप ट्राइयाथलन तथा दक्षिण एशिया च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ जापानका गेन्टाले उपाधि जित्न सफल भएका हुन्। त्यस्तै, महिलातर्फ काजाकिस्तानकी इकातेरिना सावालिना च्याम्पियन बनिन्। नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ च्याम्पियन बनेका गेन्टाले ७५० मिटर पौडी, २० किमी…
नेपाल ट्राइयथलन संघको आयोजनामा २०२३ एशियन ट्राइयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप आज (शनिबार) पोखरामा हुँदैछ। ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणीय र पर्यटकीय नगरी पोरखामा ट्राइयाथलन र दुवाथलन गरी २ विधा ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ कि.मी. दौडको ट्राइयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ र २.५ कि.मी. दौडको…
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। नेपालले लाओसलाई २–१ ले गोल अन्तरले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुवातमै १–० गोलले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो। खेलको १७ औं मिनेटमा लाओसका विङ्गर साङिभलेले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए। त्यस लगत्तै…
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि २२ सदस्यीय नेपाली महिला टोलीको अन्तिम नाम सार्वजनिक गरिएको छ। नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। छनोट हुने नेपाली टोलीको गोलकीपरमा कप्तान एन्जिलासहित…
घरेलु टोली विराटनगर सिटी (बीसीएफ) विराट गोल्डकप च्याम्पियन बनेको छ। घरेलु बीसीएफले सातौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको हो। विराटनगरको शहीद रंगशालामा आज (बिहीबार) भएको फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगर च्याम्पियन बनेको हो। विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्तीमगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले १/१ गोल गरे। विराटनगरका लागि खेलको…
सगरमाथा यूथ क्लब मोरङले इटहरी गोल्डकपको उपाधि रक्षा गरेको छ। इटहरी रंगशालामा आज (शनिबार) सम्पन्न फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि जितेको हो। निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो। विजेता सगरमाथाले उपाधिसँगै…
मनाङ मस्र्याङ्दी फुटबल क्लबले तिलोत्तमा गोल्डकप उपाधि जितेको छ। मनाङले बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको उपाधि जितेको हो। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङ्दीले २२ औँ संस्करणको उपाधि उचालेको हो। उपाधीसँगै मनाङ मस्र्याङ्दी क्लबले नगद ११ लाख, ११ हजार, १ सय ११ रुपैयाँ पुरस्कार…