खेलकुद »

‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपाल क्वाटरफाइनलमा

२० औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १०० रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए। नेपालका प्रतिश जिसीले ३ विकेट लिए। यस्तै, लोकश बम र विबेक यादवले १/१ विकेट लिए। त्यसअघि, मिसन रोड ग्राउण्डमा भएको…

लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग ३७ रनले पराजित

आइसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ५ बलमा २४४ रनमा अलआउट भयो। नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए। यस्तै, सोमपाल कामीले ४६ रन बनाए। अमेरिकाका सौरभ नेत्रावलकरले ४ विकेट लिए। त्यसअघि, डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा टस…

‘द हङकङ सिक्सेस’मा इंग्ल्यान्डलाई हराउँदै नेपालको विजयी सुरुवात

‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपाली समयअनुसार, आज (शुक्रबार) बिहान भएको आफ्नो पहिलो खेलमा नेपालले ३ पटकको च्याम्पियन इंग्ल्यान्डलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो। इंग्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी…

साफ उपविजेता नेपाली महिला टोलीका खेलाडीलाई जनही ३ लाख पुरस्कार

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसीप–२०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाली महिला टोली बंगलादेशसँग २–१ पराजित भएको थियो। साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालको यो छैटौं हार हो। उक्त टोलीलाई नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव…

काठमाडौँ महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ। महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले बुधबार राति नै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्। खेल सकिएलगत्तै नेपाली महिला खेलाडी बसेको होटल सोल्टी पुगेर मेयर बालेन र उपमेयर सुनिताले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका हुन्। नेपाली महिला खेलाडीसँगको…

बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियन, नेपाल उपविजेतामै सीमित

साविक विजेता बंगलादेश दोस्रो पटक महिला साफ फुटबलको च्याम्पियन बनेको छ। गत संस्करणको उपविजेता नेपाललाई हराउँदै बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलले हरायो। खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले अग्रता लिएको थियो। त्यसको ३ मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल…

साफ फाइनलमा नेपाली टोलीको प्रति गोल १ लाख पुरस्कार

गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसीप फुटवलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषण गरेको छ। बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ। नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने…

लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटमा नेपालले स्कटल्यान्डलाई हराएको छ। अमेरिकामा भइरहेको श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको हो। अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो। नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन जोडे। आसिफ शेखले २१ रन थपे। स्कटल्याण्डका…

रोड्रीले जिते यस वर्षको बालोन डी’ओर अवार्ड

स्पेनका राष्ट्रिय फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यसवर्षको पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्। फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन्। रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको…

राइजिङ पोखरा क्लबस्तरीय क्रिकेट च्याम्पियन

राइजिङ पोखरा क्लबस्तरीय एक दिवशीय क्रिकेट च्याम्पियन बनेको छ। पोखरामा सोमबार सम्पन्न फाइनल खेलमा राइजिङ पोखरा क्लबले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसीपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन जोड्दै च्याम्पियन बनेको…