पोखरामा सुरु तेश्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी छ। प्रतियोगिताअन्तर्गत आज (सोमबार) भएको महिलातर्फको खेलमा बलियो विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जित निकालेका छन्। प्रतियोगितामा महिलातर्फ विभागीय एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई…
पोखरामा आज (आइतबार) देखि तेस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा महिलातर्फ आर्मीले विजयी सुरुवात गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुषतर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै सुखद नतिजा निकालेको छ।…
काठमाण्डौंको संकटा फुटबल क्लबले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। संकटाले आज (शनिबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) लाई ३–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो। उपाधिसँगै संकटाले १२ लाख पुरस्कार जितेको छ। उपविजेता बनेको बीवाइएस्सीले ६ लाख पुरस्कार जित्यो। संकटाको जितमा सुरजज्यू ठकुरी,…
२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) दिउँसो साढे एक बजे हुँदैछ। काठमाण्डौंको संकटा फुटबल क्लब र पाहुना टोली अमेरीकाको भुटनिज युथ स्पोटर्स क्लब (बिवाइएस्सी) ले उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली उपाधि जित्ने रणनीति र दाउमा छन्। संकटा दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने…
भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसए पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बीवाइएस्सीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। आज (बिहीबार) भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बीवाइएस्सीले चर्च ब्वाइज युनाइटेड क्लबमाथि १–० को जित निकाल्दै फाइनल पुगेको हो। बीवाइएस्सीको जितमा रोजिन प्रजापति नायक बने। रोजिनले पहिलो…
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय सशस्त्रको एपीएफ क्लबलाई ४–१ ले पाखा लगाउँदै संकटाले फाइनल यात्रा तय गरेको हो। १९ संस्करणको विजेता संकटाले सुरुवाती ५ औं मिनेटमै अग्रता लियो। स्टेफन बिनोङले संकटालाई सुरुवाती अग्रता दिलाए। एपीएफका…
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। पोखरा रंगशालामा मनाङ मस्र्याङ्दी र विदेशी भुटनिज स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसएबीचको अन्तिम क्वार्टरफाइनल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलबाट विदेशी बीवाइएस्सी युएसएले सेमिफाइनल यात्रा तय गरेको छ। अब, बीवाइएस्सी युएसएसँगै संकटा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र…
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च यही फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ। प्रतियोगिताको तयारी थालेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। म्याराथनको तयारीबारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए। अध्यक्ष पराजुलीका…
संकटा क्लबले पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (सोमबार) भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै संकटाले सेमिफाइनलमा स्थान बनाएको हो। सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरियो। संकटाको जितमा मेस्सुके, सुरजज्यू ठकुरी र स्टेफेनले गोल गरे। आर्मीको…
स्वतन्त्रताका सेनानी एवं अग्रज पत्रकार नारायण कार्की मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीद्वारा सम्मानीत भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीले आफ्नो १४ औं स्थापना दिवसको अवसरमा एकेडेमीले पत्रकार कार्कीलगायत पूर्व फुटबल खेलाडी र नृत्यकर्मीलाई सम्मान गरेको हो। गण्डकी प्रदेशसभा सदस्य खगराज अधिकारीले पत्रकार कार्कीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन्। त्यस्तै, एकेडेमीले पूर्व फुटबल खेलाडी…