नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशै भरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ। प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेल सम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। प्रवक्ता निरौलाका अनुसार सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि देशैभरका प्याराग्लाइडिङ स्थगित गरिएको हो। प्राधिकरणले प्याराग्लाइडिङ…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निसिम थापाको निधन भएको छ। आइतबार विहान उडानको केही समय पछि नै उनी दुर्घटनामा परेका हुन्। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए। प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी थियो। ‘उडानलगत्तै, उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ एक…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलतर्फ गण्डकीका खेलाडी अगाडि छन्। शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्तीमगर र महिलातर्फ अनुश्का शेरचन उच्च स्कोरका साथ पहिलो वरीयतामा रहे। वरीयताको राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि छन्। ७२० पूर्णांक रहेको खेलमा नेपाल पुलिसका…
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खो:खो: प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ। पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो। ४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो। प्रत्येक इनिङ ९ मिनेट खेलिने भएपनि अन्तिम इनिङ नखेलेर आर्मी…
थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन्। आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृति गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन्। यसैगरी, एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो। प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो क्वार्टरमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो। यसैगरी बागमतीले दोस्रो क्वार्टरमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर बनायो। चौथो क्वर्टरामा…
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार २ नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि, उनले ४४ औं…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन्। प्रतियोगिताअन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन। क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजय…
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै विन्दू थनेतले रजत जितिन् र गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् ।…
नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको पुरुषतर्फको डबल्समा विभागीय टिम आर्मीले प्रदेश–१ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो। आर्मीका लागि पुरुष डबल्सतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दिपेशजंग थापाले स्वर्ण दिलाए। पुरुषतर्फ रजत पदक प्रदेश–१…