खेलकुद »

नवौं राष्ट्रिय खेलकुद: कर्णाली प्रदेशको पहिलो जित

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो। कर्णालीले दिएको १ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो। मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाए। रोहन विकले १०…

रुबिना र सीताको वरीयता यथावत

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको आइसीसी बलिङ र ब्याटिङतर्फको वरीयता यथावत रहेको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा रुबिना बलिङतर्फ ९० औं र ब्याटिङतर्फ ९४ औं स्थानमा यथावत छिन्। नेपालका पूर्व उपकप्तान सीता रानामगर समेत बलिङ र ब्याटिङको वरीयतामा यथावत छिन्। बलिङमा ८९ औं र ब्याटिङतर्फ उनी ६४ औं…

टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता यथावत

नेपाल टी–२० अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो। नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा छ। अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ। इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। यस्तै, पाकिस्तान…

एएफसी यु–२० एसियन कप छनोट: नेपालको दोस्रो हार

बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार राति भएको खेलमा कतारसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै २ गोल खाएको थियो। खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई…

यु–१७ फुटबल: नेपाल फाइनल पुग्यो, भोलि भारतसँग फाइनल खेल खेल्दै

नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीले फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ। गएराती सम्पन्न खेलमा घरेलु टोली श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। खेल सुरु भएदेखि नै नेपालले श्रीलंकालाई दबाबमा राख्दै पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो। कप्तान प्रशान्त लक्ष्यमले पहिलो हाफको २१ औं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई गोल गर्दै नेपाललाई…

जनसम्मतकर्मी शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

जनसम्मतकर्मी नारायण शाहीलाई यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। सहारा क्लब पोखराले बर्सेनी प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले जनसम्मत डट कमका सम्पादक शाहीको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो। पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ। काठमाडौंबाट २०५३…

नेपाल महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा

घरेलु नेपालको टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। नेपाल समुह ‘बी’ बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो। नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो। नेपालका लागि अमिषा कार्कीले २, रश्मीकुमारी घिसिङ, सरु लिम्बु,…

एपीएफ र एसियन सुजले क्लबस्तरीय भलिबलको उपाधि जित्यो

पोखरा महानगरपालिका–३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनले जितेको छ। पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा–भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। त्यसैगरि, महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल…

नवौं राष्ट्रिय खेलकुद: क्रिकेटमा पुलिसको दोस्रो जित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभागीय टोलीको नेपाल पुलिस क्लबले पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो। पुलिसले दिएको २०५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२८ रनमा समेटियो। लुम्बिनीका लागि बसिर अहमदले अविजित ४६, सौरभ खनालले २४,…

अल्कारेजले जिते युएस ओपन

कार्लोस अल्कारेजले पहिलो ग्राण्डस्लाम (युएस ओपन) जितेका छन्। सोमबार विहान भएको फाइनल खेलमा कास्पर रड्डलाई निराश पार्दै अल्कारेजले उपाधि जितेका हुन्। अल्कारेजको यो पहिलो ग्रान्ड स्लाम हो। अल्कारेजले ६–४,२–६,७–६ ९७–१०,६–३ को जित निकाले। यससँगै, अल्कारेजले विश्व वरीयताको शीर्ष स्थानसमेत पक्का गरेका छन्। १९ वर्षका अल्कारेज पिट साम्प्रासपछि ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन्।