खेलकुद »

गण्डकीले जित्यो एथलेटिक्स रिले छात्रातर्फ स्वर्ण

गण्डकी प्रदेशले एथलेटिक्स छात्रातर्फ स्वर्ण पदक जितेको छ भने छात्रतर्फ रजत पदक जितेको छ। काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ रिले ४हर्डल्स१०० मिटरमा गण्डकीले स्वर्ण पदक जितेको हो। योसहित एथलेटिक्समा गण्डकीले दोश्रो स्वर्ण हात पारेको छ। गण्डकीको टोलीमा रहेका चन्द्रकला खराल, जानकी खराल, बिनिता सार्की र पार्वती नेपाली रिले दौड टिममा थिए।…

गण्डकीलाई राष्ट्रपति रनिङ शिल्डमा भलिबलको स्वर्ण

१२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र भलिबलमा स्वर्ण पदक जितेको छ। लुम्बिनी प्रदेशविरुद्ध भएको फाइनल खेलमा ३–२ सेटले जित निकाल्दै गण्डकीले स्वर्ण पदक जितेको हो। पहिलो र दोश्रो सेट २५–११ र २५–१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो र चौथो सेट भने लुम्बिनीलाई सुम्पिन पुग्यो। लुम्बिनीले तेश्रो सेट २५–२० र…

गौरिका लगायत पौडीका खेलाडीलाई सम्मान

नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३ र्औ दक्षिण एशियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव बिश्वसामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगदसहित सम्मान पत्रले सम्मान गरेको छ। गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई २५ हजार रुपैयाँ नगदले…

निसर्ग बाटिका स्कुल टिम च्याम्पयन

निसर्ग बाटिका स्कुल १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल बनेको छ। निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो। दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको…

नासिर र डुवानाद्वारा नयाँ किर्तिमान कायम

नेपाल पौडी संघको आयोजनामा भएको १० औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन्। नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन्। यसैगरी, नासिरले १००…

तेक्वान्दो च्याम्पियनसीप सफल बनाउन पोखरेलीको प्रतिवद्धता

पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसीप–२०२२’ सफल बनाउन सहभागीहरुले प्रतिवद्धता जनाएका छन्। प्रतियोगिताको तयारी स्वरुप पोखरामा आज (आइतबार) सम्पन्न बैठकमा सहभागीहरुले प्रतिवद्धता जनाएका हुन्। बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्थामध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जीव रेग्मीले तेस्रो संस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय…

रुबिकिनालाई विम्बल्डनको उपाधि

काजकिस्तानकी इलिना रुबिकिनाले विम्बल्डन टेनिसको उपाधि जितेकी छन्। शनिबार भएको फाइनलमा रुबिकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई ३–६, ६–२, ६–२ ले पराजित गरिन्। २३ वर्षीया रुबिकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। रुबिकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन्।

टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पुरुष टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ। आईसीसी पुरुष टी–२० विश्वकप २०२२ को शुक्रबारदेखि काउन्ट डाउन सुरु गरेको आइसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ। आइसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौंमा प्रदर्शनका लागि राखिनेछ। यसअघि, आइसीसीले २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल…

भुवनले जिते ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्राको उपाधि

महेन्द्रनगरका भुवन विष्टले ‘शुक्ला दोधारा चाँदनी’ साइकल यात्रा जितेका छन्। ‘स्वास्थ्य र पर्यावरणप्रतिको हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ नेपाली सेनाले आयोजना गरेको उक्त साइकल यात्रामा बिष्ट प्रथम भएका हुन्। कञ्चनपुरको महेन्द्रनगरमा शनिबार नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले आयोजना गरेको साइकल यात्रामा बिष्टले १ घण्टा ४४ मिनेट ५१ सेकेण्डमा निर्धारित ४२…

१०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान

१०५ वर्षीया रामबाईले १०० मिटर दौडमा कीर्तिमान कायम गरेकी छन्। बोल्ट बजै नामले चर्चित गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनसीपमा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी हुन्। रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्। सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन्। तर, उनका नातेदारहरू भने आफूले…