खेलकुद »

रुपाले जित्यो पालिकास्तरीय भलिबलको उपाधि

कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाउँपालिकाले जितेको छ। पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको फाइनलमा अन्नपूर्ण गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपाले उपाधि उचाल्न सफल बन्यो। रुपाले अन्नपूर्णलाई २९–२७, २३–२५, २५–२२, २०–२५ र १५–११ ले जितेको हो। विजेता रुपाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद हात पार्न सफल बन्यो।…

‘पेनाल्टी शूट आउट’ को उपाधि बीटी ट्रेनिङ ‘बी’ लाई

बीटी ट्रेनिङ सेन्टरको समूह ‘बी’ले पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि जितेको छ। विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा बीटी ट्रेनिङ सेन्टर समुह ‘बी’ ले ट्वान्टी फाइव ‘के’ लाई ८–७ ले जित निकाल्दै उपाधि जितेको हो। पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेको थियो।…

पोखरा स्पोटर्स अवार्डको तयारी तीब्र, विभिन्न समितिहरु गठन

छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ। आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेलाका सहभागीले मञ्चका अध्यक्ष दीननाथ बराल संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। जसको सह–संयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ छन्। मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा…

१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा भुटानमाथि नेपाल विजयी

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपालले भुटानमाथि ४ विकेटले जित निकालेको छ। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा भेटाएको थियो। नेपालको जितमा सानु राजवंशीले नटआउट ३० रन बनाइन्। यस्तै, साना प्रभीनले १२ रन जोडिन्। बलिङतर्फ भुटानकी साङ्ए वाङ्मोले ३ विकेट लिइन्। यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको…

नाडाललाई २२औँ ग्राण्डस्लाम उपाधि

राफेल नाडालले आइतबार राति नर्वेका कास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका छन्। नाडालले कीर्तिमानी १४औँ पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्। ३६ वर्षे नाडालले आठौंँ वरीयाताका रुडलाई ६–३, ६–३, ६–० को सेटमा हराउँदै उपाधि जितेका हुन्। यससँगै नाडालले कीर्तिमानी २२औँ ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन्। नाडालले रोजर फेडेरर र…

पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरामा असोजको पहिलो साता माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ। नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आउँदो असोजको ५ देखि ९ गतेसम्म तेस्रो संस्करणको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपछि पोखरामा प्रतियोगिताको तयारी तीव्र…

महिला क्रिकेट टी–२० च्याम्पियनसीपका लागि प्रारम्भिक टोलीको घोषणा

मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसीपका लागि (शनिबार) नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो। यद्यपि, अन्तिम टोली घोषणा गर्न बाँकी छ।…

फुटबल फाइनलिस्सिमाः इटाली र अर्जेन्टिना भिड्दै

दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति खेल हुँदैछ। लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ। इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा ३–२ गोलले हराएर युरो २०२० जितेको थियो। त्यस्तै, अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएर कोपा अमेरिका जितेको थियो। यस प्रतिस्पर्धालाई ‘फाइनलसीमा’ भनिएको…

टी–ट्वान्टीको महिला वरीयतामा नेपालका ५ खेलाडी

आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित ५ खेलाडी परेका छन्। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका ५ खेलाडी परेका हुन्। वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन्। टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छिन्। यस्त,ै ज्योति पाण्डे ८०…

डेब्यू सिजनमै गुजरात टाइटन्स बन्यो आइपीएल च्याम्पियन

नव प्रवेशी गुजरात टाइटन्सले पहिलो सिजनमै इण्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन बनेको छ। आइतबार राति भएको खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो। राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। शुभमल गिल ४५ र डेविट मिलर ३२ रनमा नटआउट रहे। गिलले ४३ बलमा ३…