खेलकुद »

अर्जुन राईले जिते नेपालकै लामो मञ्जुश्री ट्रेल रेस

अर्जुन राईले दोस्रो संस्करणको मञ्जुश्री ट्रेल रेस जितेका छन्। सोलुखुम्बुका अर्जुनले निर्धारित १ सय माइलको दुरी ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्। पार्ट टाइम ट्रेकिङ गर्दै आएका अर्जुन मञ्जु श्री ट्रेल रेसको नयाँ च्याम्पियन बनेका हुन्। उनले गत संस्करणका विजेता जीवन लामाले बनाएको ३३ घण्टा १५ मिनेटको दुरीको रेकर्ड पनि…

एसियन कप फुटसल छनोटः आज नेपालले उज्बेकिस्तानसँग खेल्दै

एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (आइतबार) उज्बेकिस्तानसँग खेल्दैछ। किर्गिस्तानमा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ। उज्बेकिस्तानसँग सन् २०१७ मा नेपाल १४–१ र सन् २०१९ मा ४–१ ले पराजित भएको थियो। छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि ताजकिस्तानसँग र अन्तिम खेलमा पर्सि…

नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा

नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा पर्न सफल भएका छन्। आईसीसीले आज (बुधवार) सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट ३ जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द मनोनयनमा परेका छन्। भोटिङका आधारमा ३ जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी…

पोखरामा अन्तरबटालियन भलिबल प्रतियोगिता सुरु

पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ। ७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा १८ बटालियनका टोलीले प्रतिस्पर्धा गर्दैछन्। भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। बेस्ट अफ फाइवको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८…

दमौलीदेखि तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदै

तनहुँको जिल्ला सदरमुकाम दमौलीदेखि ऐतिहासिक तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदैछ। व्यास नगरपालिकाले फागुनको २८ गते महिला हाफ म्याराथन गर्ने भएको हो। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २४ गते हाफ म्याराथनको आयोजना गर्ने निर्णय गरेको हो। त्यस्तै, मानहुँकोटदेखि पुलिमराङसम्म व्यास अल्ट्रा म्याराथन हुने बताइएको छ। सम्पन्न बैठकले सो निर्णय गरेको हो। खेलकूदका माध्यमबाट पर्यटन…

पीएम कपः एपीएफको विजय सुरूवात

सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले आफ्नो पहिलो खेलबाट विजयी सुरुवात गरेको छ। ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा एपीएफले सफलता हात पारेको हो। प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित निकालेको हो।…

पीएम कपः पुलिसको रोमाञ्चक जित

विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम ११ लाई रोमाञ्चक २ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मूलपानी खेल मैदानमा जितका लागि ९४ रनको विजयी लक्ष्य पाएको सूदुरपश्चिम प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रनमा समेटियो। सुदूपश्चिमका गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाए। नारायण जोशीले २२ रनको…

पीएम कपः उद्घाटन खेलमा आर्मीले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप राष्ट्रिय टी–२० प्रतियोगिता आज (सोमबार) देखि सुरु भएको छ। प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी बनेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज (सोमवार) भएको उदघाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो। आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। जवाफमा कर्णाली प्रदेशले १४ दशमलव…

साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको चौथो संस्करण हेटौडामा

नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा आउँदो पुसको दोस्रो हप्तादेखि चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ। प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने छन्।…

अल विदा ! महान अर्जेन्टिनी फुटबलर म्याराडोना

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको समाचार छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो। दुई साताअघि मात्रै अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा भर्ना भएका म्याराडोनाको एक साता अघि मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको…