खेलकुद »

चेल्सीलाई वुमन्स सुपर लिगको उपाधि

पोखरा । इङ्ल्यान्डको महिला शीर्ष फुटबल लिग (महिला सुपर)को उपाधि चेल्सीले उचालेको छ । उसले औषत अंंकका आधारमा अगाडि रहेर लिगको उपाधि उचालेको हो । मार्च १३ मा लिग रोकिँदा लिगको अंक तालिकाको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी थियो । म्यान्चेस्टर सिटीले १६ खेलबाट ४० अंक जोड्दा १ खेल कम खेलेको चेल्सी ३९ अंकका साथ दोस्रो…

नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठलाई अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक

पोखरा । नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण जित्न सफल भएका छन् । फ्रान्समा जारी प्रथम खुल्ला विश्व डेडो पुम्से अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् । सागका स्वर्ण पदक विजेता कमलले ७ दशमलव ६७ अंक ल्याएर पहिलो भएका हुन् । उक्त च्याम्पियनसीपमा नेपालकै जितबहादुर बोटे दोस्रो…

फिफा महिला यु–१७ विश्वकपको नयाँ मिति तोकियो

फिफा यु–१७ महिला विश्वकप फुटवलको नयाँ मिति तोकिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको विश्वकप प्रतियोगिता अर्को वर्ष हुने मिति तोकिएको हो । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म भारतमा आयोजना हुने जनाएको हो । यसअघि, प्रतियोगिता यही नोभेम्बर २ देखि २१ सम्म…

यस वर्षको ‘फिफा दी बेस्ट अवार्ड–२०२०’ रद्द

यस वर्षको ‘फिफा दी बेस्ट अवार्ड २०२०’ रद्द गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको हो । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण अब अवार्ड नहुने भएको स्पानिस अनलाइन न्यूज पोर्र्टल मार्काले जनाएको छ । अवार्ड समारोह आगामी सेप्टेम्बरमा इटलीको मिलानमा हुने तय थियो । फिफाले आयोजना गर्ने…

समान पारिश्रमिकको मुद्दा खारेजीविरुद्ध अमेरिकी महिला फुटबल टिमको पुनः अपिल

समान तलब पाउनुपर्ने मागसहित दर्ता गरेको मुद्दा अदालतले खारेज गरेपछि अमेरिकी महिला फुटबल टिमले त्यसविरुद्ध अपिल दर्ता गरेको छ । एक साताअघि अमेरिकी पुरुष टिमको तुलनामा आफूहरूले न्यून तलब पाएको भन्दै महिला खेलाडीहरूले दायर गरेको मुद्दालाई एक न्यायाधीशले खारेज गरिदिएका थिए । महिला टिमका २८ खेलाडीले अमेरिकी फुटबल संघविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए…

तेक्वान्दो खेलाडी सबिता राजभण्डारीको पीडित परिवारलाई सहयोग

पोखरा । तेक्वान्दो खेलाडी सविता राजभण्डारीले समस्यामा परेका पीडित परिवारलाई सहयोग गरेकी छन् । एसियाली खेलकुदमा रजत पदक विजेता सबिताले कोरोना भाइरसका कारण समस्यमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत परिवारलाई खाद्यान्न प्रदान गरेकी हुन् । आफ्ना पति किशोर श्रेष्ठको सहयोगमा उनले काठमाडौं महानगरपालिका ११ का दुई सय पीडित परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेकी हुन् ।…

स्थगित भएको तुर्कमिनिस्तानको घरेलु फुटबल लिग फेरि शुरु भयो

तुर्कनिमिस्तानमा स्थगित गरिएको घरेलु फुटबल लिगलाई फेरी संचालनमा ल्याएको छ । कोरोना भाइरस महामारीको कारण तुर्कमिनिस्तानको फुटबल लिगलाई गत महिना स्थगित गरिएको थियो । विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो । कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो । स्थगित भएको एक महिना…

दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका टुर स्थगित

दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित भएको छ । आगामी जुन महिनामा तय भएको भ्रमण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण दक्षिण अफ्रिकी टिमले स्थगित गरेको हो । दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको श्रीलंका क्रिकेटले जनाएको हो । श्रीलंका क्रिकेटले सोमबार विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । यो निर्णय…

कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं सकियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक

पोखरा । कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड दिदैं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिंगो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…

रियल मड्रिडले आगामी सिजनमा ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाउँदै

रियल मड्रिडले आगामी सिजनमा क्लबका ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाएको छ । त्यसका लागि क्लबको पहिलो टिममा परिवर्तन गर्ने रियलले जनाएको छ । आर्थिक संकट टार्न खेलाडी बेच्न खोजेको मड्रिडले जनाएको हो । रियलले क्लबका बेल, जेम्स रोड्रिग्वेज, भाज्क्वेज, ओड्रिजोला, मारियानो र नाचोलाई बेच्ने योजना बनाएको समाचार छ । यसअघि, खेलाडी अनुबन्धमा…