खेलकुद »

एट्लेटिको मड्रिडमा आफू फिट रहेको विश्वकै चौथो महङ्गा खेलाडी जाओ फेलिक्सको दाबी

विश्वकै चौथो महङ्गा पोर्चुगिज फुटबलर जाओ फेलिक्सले एट्लेटिको मड्रिडमा आफू फिट रहको दावी गरेका छन् । फेलिक्सले एट्लेटिको मड्रिड क्लबबारे प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन् । एट्लेटिकोको खेल्ने शैली र रणनीतिमा आफू फिट भएको उनको दाबी छ । एट्लेटिको मड्रिड क्लबबारे फेलिक्सले भनेका छन्, ‘एट्लेटिकोमा आउन हरेक खेलाडीको सपना हुन्छ । अन्य धेरै क्लबहरुबाट आफूलाई…

कोरोनाविरुद्धको ‘फण्ड कलेक्सन’का लागि बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले ब्याट लिलाम गर्दै

बंगलादेशी क्रिकेटर मुश्फिकुर रहिमले कोरोनाविरुद्धको कोषमा रकम जम्मा गर्न ‘ब्याट’ लाई लिलाममा राखेका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा बंगलादेशी क्रिकेटका ब्याट्सम्यान मुश्फिकुर रहिम पनि जोडिएका हुन् । उनले कोरोना विरुद्धको ‘फण्ड कलेक्सन’का लागि आफ्नो ‘ब्याट’ लिलाम गर्न लागेका हुन् । रहिमले लिलामीबाट प्राप्त हुने रकम कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बंगलादेशी जनताका लागि खर्च गर्ने बताएका…

लिभरपुल बाँकी खेलको पर्खाइमा, अब, २ खेल जिते मात्रै पनि लिभरपुल लिग च्याम्पियन

प्रिमियर लिग उपाधिको निकै नजिक रहेको इङ्लिस क्लब लिभरपुल यतिबेला बाँकी खेलको पर्खाइमा छ । यस सिजनमा फरक अंकले शीर्ष स्थानमा रहेको लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । यस सिजनमा सम्हालिएर खेलेको लिभरपुलले सबै क्लबलाई निकै पछि पार्न सफल बनेको छ । लिगको उपाधि होडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई लिभरपुलले २५…

इङ्ल्यान्ड फुटबलका पूर्व कप्तान बेकह्यामलाई रोनाल्डो भन्दा मेस्सीनै उत्कृष्ट फुटबलर

इङ्ल्याण्ड फुटबलका पूर्व कप्तान डेभिड बेकह्यामले रोनाल्डो भन्दा मेस्सी नै उत्कृष्ट फुटबलर रहेको आफ्नो धारणा राखेका छन् । हालको फुटबल जगतमा दुई फुटबल सुपर स्टार अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा भाग लिएका बेकह्यामले यस्तो आफ्नो धारणलाई यसरी राखेका हुन् । उनी भन्छन्, ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् ।…

म्याच फिक्सरहरुसँग सावधान रहन व्यावसायिक क्रिकेट खेलाडीहरुसँग आइससीसीको आग्रह

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले संकटप्रर्ण अवस्थामा सबै व्यावसायिक क्रिकेट खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग सावधान रहन आग्रह गरेको छ । आइसीसीका भष्ट्राचार निरोधि समितिका प्रमुख एलेक्स मार्शलले यस्तो बताएका हुन् । एलेक्सले भने, ‘कोभिड–१९ का कारण विश्वभरिका अन्तराष्ट्रिय, घरेलु तथा सबै प्रतियोगिताहरु रद्द भएका छन् । तर, भ्रष्टाचारीहरु अहिले पनी सक्रिय छन् । अहिले हाम्रो काम…

पाँचौ राष्ट्रिय एनभीय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित

पोखरा । यही वैशाखको अन्तिममा आयोजना गर्ने तयारीमा रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको (कोभिड–१९) को महामारीले गर्दा लिग अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो । लिग वैशाखको २५ देखि जेठको १ गतेसम्म हुने तय भएको थियो । एनभीएले…

चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य शुरु

चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य सुरु गरिएको छ । चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले रंगशालाको निर्माण कार्य सुरु गरेको हो । चीनमा अहिले कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि गोन्जाओले आफ्नो घरेलु रंगाशालाको निर्माण कार्य शुरु गरेको हो । सन् २०२२ सम्म एभरगार्ड रंगशालाको निर्माण कार्यसक्ने लक्ष्य छ । कुल १…

सिजनको बाँकी प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न इङ्लिस क्लबहरु सहमत

यस सिजनको इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न क्लबहरु सहमत भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिगका बाँकी खेलहरु सक्न क्लवहरु सहमत भएका हुन् । भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन् । कोरोनाको संक्रमण फैलन सक्ने भन्दै लिग अप्रिल ३० तारिखसम्म स्थगित गरिएको…

युएस ओपन टेनिस प्रतियोगिता निर्धारित समयमै हुने आयोजक अमेरिकी टेनिस संघको दावी

युएस ओपन टेनिसको आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने प्रतियोगिताका आयोजकले विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने बताए । तर, संघको लक्ष्य दर्शकसहितको प्रतियोगिता नै रहेको उनले स्पष्ट पारेका छन् । न्यूयोर्कको नेसनल टेनिस सेन्टर अहिले अल्पकालीन अस्पतालका…

ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमी भवनलाई क्वारिन्टिन बनाइदैं

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको टोलीले बिहीबार एकेडेमीको निरीक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० जनासम्मलाई…