खेलकुद »

महादेशीय क्लब फुटबलको च्याम्पियन्स लिग फाइनल अगस्टको अन्त्यमा गर्ने युइएफएको योजना

महादेशीय क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल युरोपेली फुटबल महासंघ (युइएफए)ले अगस्ट २९ मा गर्ने योजना बनाएको छ। कोरोना भाइरसको महामारीका कारण अप्रिल २३ मा स्थगित प्रतियोगितालाई युइएफएको कार्यसमिति वैठकले प्रतियोगिताका बाँकी खेलहरु कसरी र कहाँ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । युइएफएले बनाएकामे योजनाअनुसार अगस्ट २९ मा टर्कीको इस्तानबुलमा च्याम्पियन्स…

सबै अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरु एक वर्षपछि सार्ने विश्व फुटबल महासंघ (फिफा) को तयारी

विश्व फुटबल महासंघ (फिफा) ले सबै खाले अन्तर्रा्ष्ट्रिय प्रतियोगिता एक वर्ष पछि सार्ने तयारीमा रहेको समाचार छ । यसै वर्षका लागि तय भएका केही ठूला अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरु कोरोना भाइरस महामारीका कारण ठप्प भएका फुटबल प्रतियोगितालाई अर्को वर्षका लागि सार्ने तयारीमा फिफा रहेको हो । विश्व फुटबल महासंघ (फिफा)ले आफूअन्तर्गत हुने सबै खाले अन्तराष्ट्रिय प्रतियोगिता पनि…

पुरुष फुटबलको गतिविधि जारी रहेको बेलारुसमा महिला फुटबल स्थगित

पुरुष फुटबल सुचारु रहेको बेलारुसमा महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित गरिएको छ । कोरोना भाइरसको कारण त्यहाँ महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित गरिएको बेलारुस फुटबल संघले विज्ञप्तीमार्फत जनाएको छ । युरोपमा अन्य ठूला प्रिमियर घरेलु लिग स्थगित भएको अवस्थामा बेलारुसमा पुरुष फुटबल प्रतियोगिता जारी नै रहेको छ । पुरुष फुटबल भने जारी रहने…

विश्वकै चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित

विश्व चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित भएको छ । कोरोना भाइरसका कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाईमध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो । आयोजकले प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको हो । प्रतियोगिता जुन २७ देखि जुलाई १९ तारिखसम्म हुने तालिकामा उल्लेख थियो । अब, प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २०…

अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) को वरीयतामा नेपालका स्यान्टु श्रेष्ठको एक स्थान सुधार

पोखरा । नेपालका स्यान्टु श्रेष्ठले अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) को वरीयतामा एक स्थान सुधार गरेका छन् । अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका स्यान्टु श्रेष्ठले एक स्थान सुधार गर्दै माथि उक्लिएका हुन् । स्यान्टुले आइटीटीएफ वरीयतामा ३९५ औं स्थानमा उक्लिएका हुन् । यसअघि, उनको आइटीटीएफ वरीयता ३९६ औं…

कोरोनाविरुद्धको लडाईमा इङ्ल्यान्ड महिला फुटबल टिमको सहयोग

इङ्ल्यान्डको महिला फुटबल टिमका खेलाडीले कोरोना भाइरसविरुद्धको लडाईका लागि आर्थिक सहयोग गरेका छन् । महिला टिमले ‘प्लेयर्स टुगेदर फन्ट’ मार्फत कोरोनाविरुद्ध लड्न सहयोग गरेका हुन् । इङ्ल्यान्डको महिला टिमका कप्तान स्टेप होटनसहित एलिन ह्वाइट र टोनी दुगानले सामाजिक सञ्जाल ट्वीटरबाट सहयोग गरेको बताएका छन् । कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यले…

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइपीएल स्थगित भएको  फ्रेन्चाइज टोलीलाई जानकारी गरायो

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ । भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो । यसअघि, अप्रिलको १५ देखि हुने आइपीएलको मिति तय गरिएको थियो । आइपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो…

सन् २०२१ अघि फुटबलको क्यालेन्डर सुचारु हुन कठिन छ : फिफा उपाध्यक्ष भिक्टोर

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका उपाध्यक्ष भिक्टोर मोन्टाग्लिनीले सन् २०२१ अगाडी फुटबलको क्यालेन्डर सुचारु हुन निकै कठिन रहेको संकेत गरेका छन् । कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि ठप्प रहेको अवस्थामा फिफा उपाध्यक्ष भिक्टोरले यस्तो धारणा राखेका हुन । केही दिन अगाडी फिफा अध्यक्ष जियोनी इन्फान्टिनोले कोरोनाबाट पूर्ण रुपमा अवस्था सामान्य नहुँदासम्म फुटबल गतिविधि सुचारु गर्नु…

फर्मुला–१ अन्तर्गतको प्रतिष्ठित फ्रेञ्च ग्राँ पी पनि स्थगित

फ्रान्समा हुने फर्मुला वानअन्तर्गतको प्रतिष्ठित इभेन्ट फ्रेन्च ग्राँ पी पनि स्थगित हुने भएको छ । फ्रान्स सरकारले मध्य जुलाईसम्मका लागि कोरोना भाइरसको महामारीका कारण जारी लकडाउन बढाउने घोषणा गरेपछि उक्त इभेन्ट पनि स्थगित भएको हो । फ्रेन्च ग्राँ पी जुन २८ मा मार्सेनजिकै रहेको सर्किट पाउल रिचार्डमा हुने तय भएको थियो । तर, राष्ट्रपति इमानुयल…

एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने सबै फुटबल प्रतियोगिता स्थगित

एशियन फुटबल महासंघ (एएफसी) द्वारा मे र जुन महिनामा हुने भनिएका एशियाली स्तरका सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमणको क्रम नघटेपछि एएफसीले दोस्रो पटक आफ्ना प्रतियोगितालाई स्थगित गरेको हो । एशियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रतिबन्ध गरेको अवस्थामा एएफसीले श्वास्थ्यको ख्याल गरेर दुई महिनामा हुने प्रतियोगिताहरु सारेको…