खेलकुद »

लण्डनस्थित दी ओभल रंगशालामा इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट शृंखला 

घरेलु इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचका टेस्ट शृंखला दी ओभलमा हुने तय भएको छ । कोरोना भाइरसको महामारीका विश्वका सबै अन्तराष्ट्रिय खेलकुद स्थगित गरिएपनि यस शृंखला हालसम्म स्थगित गरिएको घोषणा गरिएको छैन । खेलतालिका अनुसार यस शृंखला जुन महिनाको ४ तारिखमा लण्डनस्थित दी ओभल रंगशालामै खेलाउने तय भएको थियो । जसलाई हालसम्म पनि औपचारिक रुपमा स्थगित…

कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा म्यानचेस्टर युनाइटेड स्पेनिस गोलकीपर डेविड डी गिआको मड्रिड समुदायलाई सहयोग

म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेविड डी गिआले कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानका लागि मड्रिड समुदायलाई ३ लाख युरो सहयोग गरेका छन्। मड्रिडमै जन्मिएका डी गिआले आफ्नै गृहनगरको समुदायलाई कोरोनाविरुद्ध क्वारेन्टाइनमा बसेकालाई खाना, औषधोपचारका सामाग्रीलगायतका लागि उक्त रकम सहयोग गरेका हुन्। कोरोना भाइरसको संक्रमित स्पेनमा मात्रै ५७ हजार ७ सयभन्दा बढीमा देखिएको छ । स्पेनमै कोरोना भाइरसका…

नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषलाई क्रिकेटर सन्दीपको १ लाख सहयोग

पोखरा ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् । सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’…

आइसीसी टी–२० वरीयतामा नेपाल उही १५ औं स्थानमै कायम

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० वरीयतामा नेपालले उही १५ औं स्थानमै यथावत रहन सफल भएको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । टी–२० मा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल…

कोरोना भाइरसबाट संक्रमित स्विस नागरिकहरुलाई टेनिस खेलाडी रोजर फेडेररको आर्थिक सहयोग

टेनिस खेलाडी रोजर फेडररले कोरोना भाइरसबाट संकटग्रस्त आफ्नो देश स्विजरल्याण्डका मानिसहरूलाई सहयोग गर्न १० लाख भन्दा बढी सहयोग गरेका छन । टेनिसमा २० पटकको ग्रान्ड स्लाम च्याम्पियन फेडरर र उनकी श्रीमतीले यस संकटको समयमा १० लाख स्विस फ्र्यान्क लगभग १० लाख २० हजार डलर सहयोग गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूटीओ) को आधिकारिक तथ्यांक…

नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित

कोरोना भाइरसका कारण आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आइसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो । कोरोनाका कारण आइसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं…

कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आर्थिक सहयोग

पोर्चुगल तथा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई १ मिलियन युरो सहयोग गरेका हुन् । उनीहरुको सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक…

कोरोना भाइरसविरुद्धको अभियानमा स्पेनिस सहर बार्सिलोनामा प्रशिक्षक पेप ग्वार्डिओलाको आर्थिक सहयोग

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको समाचार छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोनास्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप…

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीको आर्थिक सहयोग

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आर्थिक सहयोग गरेका छन् । अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । हाल, स्पेनमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ…

एक वर्षपछि गृष्मकालीन जापान ओलम्पिक

जापानमा यसै वर्षको जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक एक वर्षका लागि सारिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण पूर्व निर्धारित समय जुलाई २४ देखि अगस्ट ९ सम्म नै आयोजना गर्ने अडानमा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी रहेपनि मंगलबार जापानको टोकियोमा बसेको विशेष वैठकले ओलम्पिक एक बर्षका लागि सार्ने…