खेलकुद »

विभागीय आर्मी दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब भलिबल च्याम्पियन

चितवन । विभागीय सेनाको त्रिभुवन आर्मी क्लबले दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब भलिबल च्याम्पियन बनेको छ । चितवनको माडीमा भएको फाइनलमा अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । आर्मीले एपीएफमाथि २५–१५, २५–२० र २५–२२ को सेटमा जित निकाल्यो । आर्मीले एपीएफसँग पाँचौ आरबीबी एनभीए…

वेगनास कप जारी, ६ खेल सम्पन्न

लेखनाथ । वेगनास ताल किनारमा दोश्रो सेभेन ए साइड वेगनास कप फुटबल प्रतियोगिता जारी छ । प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन् ।  खेलमा सुदेश गुरुङको ह्याट्रिक मद्दतमा आयोजक वेगनास ‘सी’ ले पचभैया प्रगतिशिललाई पराजित गरेको छ । खेलमा पचभैयाले शान्त्वना १ गोल गरेको थियो। त्यस्तै, मेरो नेपाल युवा क्लव मझेरीपाटनलाई टाइब्रेकरमा सबिन मेमोरियल…

गार्डेन कप फुटबल शुरु, संगम एकेडमीको विजयी शुरुवात

पोखरा । पोखरामा दोश्रो गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा संगम एकेडेमी विजयी भएको छ । संगमले आयोजक गार्डेनको जुनियर टिमलाई टाईब्रेकरमा ३–२ गोलले पराजित गरेको हो । गार्डेन युवा क्लवले फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा आयोजना गरेको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल…

मौसमका कारण प्याराग्लाइडिङ  छनौट खेल स्थगित

पोखरा।  नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर–२०२०’ अन्तर्गतको छनौट खेल मौसमका कारण स्थगित भएको छ । नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको १९ औं संस्करणको प्रतियोगिता सोमबार अन्तिम समयमा आएर स्थगित भएको हो । च्याम्पियनसीपको दोश्रो दिन क्रस कन्ट्री अन्तर्गत ४६ किलोमिटरको ‘टास्क’मा उडेका पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउनासाथ…

खेलकुदमै गण्डकी प्रदेश सरकारले लक्ष्य बनाएको छ : सामाजिक विकास मन्त्री नरदेवी पुन

पोखरा । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताएकी छन् । पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन् । मन्त्री पुनले भनिन्,…

डिफेन्डिङ च्याम्पियन एपीएफलाई दिदीबहिनी कप राष्ट्रिय भलिबल उपाधि

पर्वत । विभागीय टिम एपीएफले चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो । यस संस्करणको जितसँगै साविक विजेता एपीएफले उपाधि समेत रक्षा गरेको छ । पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन…

नवलपुरले जित्यो गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट उपाधि

पोखरा । नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी ५ टिमबीचको सुुपर लिगमा नवलपुरले अपराजित…

ग्रीनविच यु.के.नदीपुर भलिवल च्याम्पियन

पोखरा । ग्रीनविच युके सातौं संस्करणको नदिपुर भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुन युनाइटेड क्लव नदीपुरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न फाइनलमा घान्द्रुकको टोलीलाई हराउँदै ग्रीनविच यु.के.च्याम्पियन बनेको हो । नदीपुरस्थित कार्पाकेली भवनको भलिवल कोर्टमा शनिबार भएको फाइनल खेलमा ग्रीनविचले घान्द्रुकको टोलीलाई पराजित गर्दै १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रको पुरस्कार हात…

पोखरामा भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु

पोखरा । पोखरामा पाँचौ संस्करणको भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु भएको छ । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु च्याम्पियनसीपमा १३ टिमको सहभागिता छ । पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पका ईञ्चार्ज लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । पोखरा–१४ स्थित…

राष्ट्रिय मावि र जनप्रियलाई छात्रछात्रा सृजना कप उपाधि

पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको उपाधि उचालेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि…