इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । नोबेल कोरोना (कोभिड–१९) को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो । म्यानचेस्टर सिटीले यस विषयमा ट्वीटरमार्फत जानकारी दिएको हो । क्लबले ट्वीटरमा लेखेको छ, ‘पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबारे जानकारी गराउनुपर्दा हामी दुखित छौं…
स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाइटिस रोगबाट ग्रसित थिए । एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा…
जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले कोरोना भाइरसको त्रासकै बीच पनि प्रशिक्षण क्याम्प सुरु गरेको छ । उसले सोमबार रातिदेखि प्रशिक्षण क्याम्प सुरु गरेको हो । पहिलो दिन शीर्ष खेलाडीहरु प्रशिक्षणमा सहभागी भएको समाचार छ । क्लबका स्टार खेलाडीहरु रोबर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिप कौटिन्हो, म्यानुयल निउर, किङ्से कोम्यान, निकोलस सुल, लियोन गोरेट्का, जोसुवा किम्मिच र…
ब्राजिलका फुटबल स्टारर फिलिप कौटिन्होमाथि शीर्ष इङ्लिस प्रिमियर क्लबहरुले आँखा लगाएका छन् । ऋणमा जर्मन बुनडेसलिगाका लागि बायर्न म्युनिखबाट खेलिरहेका कौटिन्होमाथि चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनह्याम लगायतका इङ्लिस प्रिमियर क्लबहरुले आफ्ना क्लबमा भित्राउन आँखा लगाएका छन् । प्रिमियर क्लबहरुमध्ये पनि कौटिन्हो चेल्सीमा अनुवन्ध हुनसक्ने बलियो अनुमान लगाइएको छ । पश्चिम लन्डन क्लब चेल्सीले ब्राजिलियन…
जर्मन क्लब वायर्न म्युनिखले सोमबारबाट प्रशिक्षण थाल्ने भएको छ । वायर्नले कोरोना भाइरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ । सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले उल्लेख गरेको छ । ‘सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ,’ वायर्नले भनेको छ, ‘सरकारी नीति र…
बेलायत सरकारले जागिर कटौतीका लागि गरेको आह्वानमा इङ्लिस क्लव म्यानचेष्टर युनाइटेडले असहमति जनाउँदै आफ्ना सबै कर्मचारीलाई नियमित रुपमा तलव दिएर क्लवमै राख्ने जनाएकोे छ । यता, लिभरपुल र टोटनह्यामले आफ्ना खेलाडी बाहेकका कर्मचारीलाई विदामा राखेपनि म्यानचेष्टरले भने आफ्ना ९ सय संख्यामा रहेको कर्मचारीलाई नै काममा राख्ने भएको हो । युनाइटेडले यही साता आफ्ना कर्मचारीहरुलाई यस…
कोरोना त्रासका कारण विश्व नै आतङ्कित बनेको अवस्थामा ताजिकिस्तानी सुपर कप फुटबलको फाइनल खेल सम्पन्न भयो । कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो । ताजिकिस्तानको राजधानी दुसान्वेमा आयोजना गरिएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१…
जापानमा हुने टोकियो ओलम्पिकमा यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने निर्णय गरेको हो । कोरोनाका कारण एक वर्षपछि (२०२१) मा सरेको टोकियो ओलम्पिकमा अब २४ वर्ष उमेरकाले फुटबलरले खेल्न पाउने फिफाले निर्णय गरेको हो । टोकियो ओलम्पिक…
कोरोना भाइरसको महामारीका कारण भारतमा आयोजना हुने फिफा यु–१७ महिला विश्वकप फुटबल स्थगित भएको छ । भारतीय फुटबल फेडेरेसनले एक विज्ञप्ति मार्फत नोभेम्बरमा तय भएको विश्वकप स्थगित गरिएको जनाएको हो । यही वर्षको नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने प्रतियोगिताको तालिका बनेको थियो । भारतको अहमेदबाद, गुवाहाटी, कोलकता, भुवनेश्वर र नाभी मुम्बईमा…
कोरोनाले विश्व खेलजगत ठप्प पारेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिक छनोटको नयाँ समय सीमा निर्धारण गरेको छ । आइओसीले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ओलम्पिक छनोट अर्को बर्षको जुन २९ भित्र सक्नुपर्नेछ । यस बर्ष हुने टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता यस…