पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…
धरान । मनाङ मस्र्याङ्दीले २२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको छ । धरान रंगशालामा भएको फाइनलमा विभागीय नेपाल पुलिसमाथि ३–१ गोलको जित निकाल्दै मनाङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै मनाङले १० लाख र ट्रफी पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिसले ५ लाख सहित ट्रफी पुरस्कार जितेको छ । प्रमुख अतिथि…
पोखरा । संगम एफसीले दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधि जितेको हो । जितसँगै संगमले १ लाख २५ हजार सहित शिल्ड जितेको छ । उपविजेता मेरो नेपालले ७०…
लेखनाथ । हिमाल एण्ड रक्ष मेमोरिएलले दोश्रो संस्करणको सेभेन ए साइड वेगनास कप फुटबलको उपाधी जितेको छ । प्रतियोगिाको सम्पन्न फाइनल खेलमा शिशुवा एफसीमाथि १–० गोलको कठिन जित निकाल्दै रक्ष मेमोरिएलले उपाधि जितेको हो । उपाधिसँगै रक्ष मेमोरिएलले १ लाख ५ हजार ५ सय ५५ सहित शिल्ड पुरस्कार जितेको छ । उपविजेता बनेको शिशुवा एफसीले…
पोखरा । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार प्रदान गरेको हो । निर्माणधीन रंगशालामा पुगेको सहकारीको टोलीले उक्त रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुबेदीले रंगशाला निर्माणका सदस्य कुमार कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन्…
पोखरा । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको छ । नेपाल थाइल्याण्डमा मलेसियासँग २२ रनले हार ब्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाष बोहोराले २ विकेट लिन सफल भए ।…
पोखरा । पोखरामा सहाना प्रधान स्मृति दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता शुरु भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाल हक्की संघले पोखरा रंगशालास्थित आर्चरी मैदानमा शुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले घरेलु गण्डकी प्रदेशलाई ३–० ले हराउँदै…
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीले पोखरामा सम्पन्न १३ औं संस्करणको अन्तर लायन्स क्लब भलिबल टुर्नामेन्टको उपाधि जितेको छ । साविक विजेता सेन्ट्रल भ्यालीले उपाधिसँगै खसी र ट्रफी पुरस्कार जितेको हो । टुर्नामेन्टमा उपविजेता बन्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले बोका र ट्रफी पुरस्कार जित्यो । त्यस्तै, तेस्रो बन्दै लायन्स क्लब अफ…
पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले मंगलबार सहारा एकेडेमीको अवलोकन गरेका छन् । पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको अवलोकन गर्दै मन्त्री विश्वकर्माले भने, ‘एकेडेमीका लागि वार्षिक रुपमा ५ लाख रुपैयाँ उपलब्ध गराउन रातो कितावमै पार्नेछौं । राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा गर्व लागेको छ ।’ सहारा क्लवले स्वदेश तथा…
पोखरा । थर्ड/फोर्थ गौर्खा राइफल्सको टोली पाँचौ संस्करणको भूतपूर्व सैनिक गोल्ड कप च्याम्पियन बनेको छ । फाइनल प्रतिस्पर्धी थर्ड/नाइन गोर्खा राइफल्सको टोलीलाई हराउँदै थर्ड/फोर्थ बास्केटबल च्याम्पियन बनेको हो । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–१४ स्थित काजीपोखरी बास्केटबल कोर्टमा भएको फाइनल खेलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले थर्ड/नाइन गोर्खा राइफल्समाथि ७३–६० स्कोर जोड्दै बास्केटबलको…