पोखरा । थर्ड/फोर्थ गौर्खा राइफल्सको टोली पाँचौ संस्करणको भूतपूर्व सैनिक गोल्ड कप च्याम्पियन बनेको छ । फाइनल प्रतिस्पर्धी थर्ड/नाइन गोर्खा राइफल्सको टोलीलाई हराउँदै थर्ड/फोर्थ बास्केटबल च्याम्पियन बनेको हो । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–१४ स्थित काजीपोखरी बास्केटबल कोर्टमा भएको फाइनल खेलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले थर्ड/नाइन गोर्खा राइफल्समाथि ७३–६० स्कोर जोड्दै बास्केटबलको…
नवलपुर । राइनो गोल्डकप फुटबल उपाधिका लागि विभागीय डर्बी भिडन्त हुने भएको छ । गोल्डकपको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएको हो । नवलपुरमा भएको दोस्रो सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेपछि आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त हुने भएको हो ।…
धनगढी । सुदूरपश्चिम–११ कैलालीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक सुदूरपश्चिमले अन्तिम चारको यात्रा पक्का गरेको हो । सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले २ गोल गरे । यस्तै, फिलिप तामाङ र दिपेश श्रेष्ठले १/१ गोल गरे । कञ्चनजंघाका अभिषेक…
धरान । लिग विजेता मच्छिन्द्र फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा भारत कोलकात्ताको सन्डे क्लब एफसीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । त्यस्तै मच्छिन्द्रका लागि विशाल राई (बी) ले २ तथा रेजिन सुब्बाले १ गोल गरे ।…
पोखरा । पोखरामा भएको १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समीक्षा गरिएको छ । पोखरा, भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको समीक्षा कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङले भएका गल्ती, कमी कमजोरीहरुलाई सच्याउँदै आगामी वर्ष हुने म्याराथनलाई अझै परिष्कृत, सभ्य र भव्य गर्न मञ्च सधैं सचेत र सजग बन्नुपर्ने धारणा राखे । उनले पोखरा म्याराथनलाई…
लेखनाथ । वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साइड वेगनास कपको चौथो दिन ४ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा आयोजक वेगनास ‘बी’ ले ईन्द्रेणी युवा क्लवलाई २–१ गोलअन्तरले पराजित गरेको छ । वेगनासको संघर्षपूर्ण जितमा सौगात थापा र बिज्ञान कोइरालाले समान १/१ गोल गरे । प्रतिस्पर्धात्मक खेलमा शिशुवा एफसीले एनजीवाई एफसी गगनगौडा…
नवलपुर । विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब राइनो गोल्डकपको उपाधि नजिक पुगेको छ । नवलपुरमा भएको खेलमा हिमालयन शेर्पाको चूनौतिलाई ५–१ को भारी गोल अन्तरले पन्छाउँदै आर्मीले फाइनलमा स्थान बनाएको हो । आर्मीको जितमा सुदिल श्रेष्ठले ह्याट्रिक गरे । आर्मीका लागि सन्तोष तामाङ र राजीव गुरुङले १÷१ गोल गरे । शेर्पाका लागि विजय श्रेष्ठल…
धनगढी । गोर्खा ब्वाइज क्लब खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । धनगढीको कैलाली हसनपुरस्थित धनगढी रंगशालामा जारी खप्तड गोल्डकपमा सुनौलो संगमलाई टाइब्रेकरमा ५–३ ले हराउँदै गोर्खा ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पहिलो हाफ गोलरहित बनेको खेल दोस्रो हाफमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । सुनौलो संगमका कप्तान मोहन…
धरान । मनाङ मस्र्याङदी क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको खेलमा मनाङले बेलवारी फुटबल क्लवलाई ४–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । मनाङको जितमा दयानन्द सिंहले २ गोल गरे । निशान लिम्बु र विमल रानाले १/१ गोल गरे । खेलको २४ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाए…
झापा । बिमल घर्तिमगरको पेनाल्टी गोल मद्दतले मच्छिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि विजेता बनेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा थ्रीस्टारविरुद्धको फाइनल खेलमा मच्छिन्द्रको जितका लागि बिमल घर्तिमगरले गरेको पेनाल्टी गोल निर्णायक बन्यो । मच्छिन्द्रले गोल्डकपको उपाधिसँगै ६ लाख पुरस्कार जित्यो । उपविजेता थ्रीस्टारले ३ लाखमा चित्त बुझायो । सहिद…