खेलकुद »

ढोरपाटन महिला डबल लिगमा पुलिस र न्यू–डायमण्डको जित

काठमाण्डौं । विभागीय नेपाल पुलिस क्लब र न्यू–डायमन्ड स्पोर्टस् क्लबले १५ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो लेगमा जित निकालेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवन टाइग्रेसमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । एकपक्षीय खेलमा पुलिसले चितवनमाथि २५–१५, २५–१४ र…

पोखरा म्याराथनलाई सफल पार्न वडा नं ११ र १५ को प्रतिबद्धता

पोखरा । पोखरा महानगरपालिकाको वडा नं ११ र १५ ले यहाँ हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा यही फागुनको ३ गते पोखरामा हुने म्याराथनका लागि उक्त म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका हुन् । उक्त वडाका वडाध्यक्षहरुले म्याराथनका दिन वडाभित्रका टोलविकास संस्था…

ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीपमा साबिक विजेता एपीएफको अपराजित यात्रा

पोखरा । राजधानीमा जारी १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसीपमासाबिक विजेता विभागीय सशस्त्र प्रहरी बलको एपीएफले अपराजित यात्रा कायम राखेको छ । काठमाण्डौंको गोङ्गबुको नयाँबसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा बुधबार चितवन टाइग्रेसलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले जितको यात्रालाई निरन्तरता दिएको हो । एपीएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सेटमा…

एक दिवसीय क्रिकेट लिग–२ मा ओमानसँग नेपालको हार

पोखरा । आइसीसी विश्वकप लि–२, को एक दिवसीय क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपाल १८ रनले पराजित बनेको छ । एक दिवसीय क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट बन्यो । नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारी खेले । दीपेन्द्रसिंह ऐरीले ३६ रनको योगदान दिए । लेगस्पिनर…

राष्ट्रिय हक्की प्रतियोगिता सेमिफाइनल समिकरण पूरा

पोखरा । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गतसेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो चरणका खेल सम्पन्न भएसँगै विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ को टोलीले प्रतियोेगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा विभागीय टोली नेपाली…

नेपाली महिला भलिबल टोली विश्व वरीयताको ८७ औं स्थानमा

पोखरा । नेपाली महिला भलिबल टोली एफआइभीबीको विश्व वरीयतामा शीर्ष सयभित्रको स्थानमा परेको छ । अन्तरराष्ट्रिय भलिबल महासघ (एफआइभीबी) सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ८७ औँ स्थानमा छ । नेपालको महिला भलिबल टोलीले ५७ अंक पाएको छ । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ । त्यस्तै नेपाली महिला भलिबल…

फागुनको अन्तिम सातादेखि भरतपुर गोल्डकप फुटबल

चितवन । जिल्लाको सर्वाधिक पुरस्कार राशीको भरतपुर गोल्डकप आगामी फागुनको २४ गतेदेखि शुरु हुने भएको छ । एजे इन्टरनेशनलको आयोजनामा दोश्रो संस्करणको रुपमा फागुन २४ गतेदेखि चैतको ३ गतेसम्म गोल्डकप हुन लागेको हो । चितवन जिल्लाकै सवार्धिक पुरस्कार राशी भएको गोल्डकप विजेताले १० लाख सहित ट्रफी पाउनेछ । उपविजेताले ५ लाख सहित ट्रफी पाउने पत्रकार…

ए डिभिजन लिगमा एनआरटीमाथि फ्रेण्ड्स क्लब विजयी

काठमाण्डौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार टोली एनआरटीमाथि फ्रेण्ड्स क्लबले जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित बन्यो । फ्रेण्ड्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । फ्रेन्ड्का लागि पहिलो गोल सञ्जोग राईले ७८ औं मिनेटमा सुरुवाती गोल गरेको थियो । त्यसको तीन…

नोभाक जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि

दोस्रो वरीयाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा जोकोभिचले पाँचौ वरीयताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा ४–६ र २–६ ले…

ढोरपाटन महिला डबल लिग भलिबलमा विभागीय एपीएफको दोहोरो जित

पोखरा । विभागीय नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा जित निकालेको छ । जारी लिगमा अपराजित एपीएफले आफ्नो पहिलो खेलमा पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित निकालेको हो । पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज…