पोखरा । नवलपुर क्रिकेट टिमले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला यु–१६ एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा तथा पोखरा पल्टनको मुख्य प्रायोजनमा आइतबार पोखरा रंगशालामा भएको प्रतियोगिताको नवलपुरको टोलीले बाग्लुङमाथि ५ विकेटको जित निकालेको हो । टस हारेपछि पहिला ब्याटिङ गरेको बाग्लुङले २४ ओभरमा सबै विकेट गुमाउँदै…
पोखरा । रुकुम पश्चिमका दुर्गाराज बुढा र जुम्लाकी सुनमाया बुढाले तेस्रो मौराखारा गुरिल्ला म्याराथन जितेका छन् । म्याराथनका ५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै दुर्गाराजले म्याराथन जितेका हुन् । निर्धारित ४८ कि.मी.को दूरीलाई दुर्गाराजले ४ घन्टा ५४ मिनेटमा पूरा गर्दै म्याराथन जितेका हुन् । दुर्गाराजले उपाधिसँगै ७५ हजार, कप र पदक पुरस्कार हात पारे । त्यसैगरी…
पोखरा । जापानीज धावक ताकानाशी योशिकीले १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन जितेका छन् । भुतपूर्र्व खेलाडी मञ्च पोखराले आयोजना गरेको यस संस्करणको म्याराथनमा ताकानाशीले ४२ दशमलव १९५ कि.मी.को निर्धारित दूरीलाई २ घन्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् । त्यस्तै, एपीएफका किरणसिंह बोगटी यस म्याराथनमा दोस्रो बने । हालैमात्र नेपालमै…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपाली खेलाडीहरुले राम्रो नतिजा निकालेका छन् । महिलातर्फका एकल खेलमा नेपालकी प्रेरणा कोइराला र अभिलाषा बिष्टले राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपालकी प्रेरणा कोइरालाले नेपालकै सलोनी तामाङमाथि ७–६ (५) र…
पोखरा । पोखरामा एक दिनपछि हुन गइरहेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने यस संस्करणको म्याराथनको संपूर्ण तयारी पूरा भएको आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । मञ्चका अध्यक्ष तेज गुरुङले म्याराथनको अन्तिम तयारीबारे जानकारी गराउँदै भने, ‘यस पटकको म्याराथनमा ७ हजार दौडने…
पोखरा । १४ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ । युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरी गठित समितिले रकम संकलन गरेर मञ्चलाई प्रदान गरेको हो । मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले उक्त रकमको चेक…
पोखरा । सुवास भण्डारीले ९० रनको पारी खेलेपछि बागलुङले पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पोखरा पल्टन अन्तरजिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको खेलमा बाग्लुङले स्याङ्जालाई ५८ रनले पराजित गरेको हो । टस जितेर व्याटिङ गरेको बागलुङले पूरा ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा १…
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा पिप्लेस्थित रघुगंगा माविमा विहीबारदेखि शुरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्रछात्रा दोड गरिएको थियो । उक्त दौडमा छात्रतर्फ रघुगंगा माविका समिर राना प्रथम, मुक्तिधाम माविका मनोज बरुवाल दोस्रो र रितुङ माविका मिलन…
पोखरा । रुपा गाउँपालिकामा खेलकुद, संस्कृति र नृत्यको उत्सव लाग्ने भएको छ । रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसर पारेर अन्तर स्थानीय तह भलिबल प्रतियोगितासहितको कार्यक्रम गर्न लागेको हो । रुपाका गाउँहरुको प्रमुख खेललाई प्रवद्र्धन गर्दै रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका अन्तर स्थानीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको बिहीबार पत्रकार…
पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी छ । पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको महिलातर्फको एकल खेलमा नेपालका खेलाडीहरुले मिश्रित नतिजा निकालेका छन् । नेपालकी प्रेरणा कोइरालाले जापानकी कायदे हातानोलाई ६–१ र ६–२ ले हराएकी छन् । अर्को खेलमा सोलानी तामाङले हङकङकी इरिना कन्ना हागीकोव चुनौतिलाई ६–२ र ६–३ ले पन्छाइन् । यसैगरि,…