खेलकुद »

आदर्श क्लब कास्की र त्रिवेणी क्लब लमजुङ मुख्यमन्त्री कपको फाइनलमा

पोखरा । घरेलु आदर्श क्लब र लमजुङको त्रिवेणी युवा क्लब उपाधिका लागि मुख्यमन्त्री कप लिग फुटबलको फाइनल भिड्ने भएको छ । कास्कीको लिग लिडर क्लब र पाहुना टोली लमजुङको त्रिवेणीले प्रतियोगिता अन्तर्गत सोमबारको सेमिफाइनल खेलमा जित निकाल्दै फाइनलमा आमने–सामने हुने भएको हो । पोखरा–लेखनाथको भण्डारढिकस्थित आदर्श युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा…

पोखरा म्याराथन सफल बनाउन प्रहरी र यातायात व्यवसायीको प्रतिवद्धता

पोखरा । नेपाल प्रहरी र यातायात व्यवसायीहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् । आगामी फागुनको ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन प्रहरी र यातायात व्यवसायीले प्रतिबद्धता जनाएको हो । मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन शुरक्षा र यातयात व्यवस्थापनको विषयमा…

राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान

पोखरा । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई १ लाख पुरस्कारसहित सम्मान गरेको हो । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अहिलेसम्मकै उच्च प्रदर्शन सहित हालै सम्पन्न साग खेलकुदमा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर…

सहारा क्लब सल्लाहकार परिषद्का सदस्यहरुलाई प्रमाणपत्र वितरण

पोखरा । सहारा क्लब पोखराले क्लबको सल्लाहकार परिषद्मा चयन सभापति एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आहा रारा गोल्डकपको १८ औं संस्करणको तयारीका लागि आइतबार बसेको संयुक्त बैठकबीच उनीहरुलाई प्रमाणपत्र सहित परिचयपत्र वितरण गरेको हो । क्लबको नयाँ कार्यसमितिको गत पुस ४ मा बसेको नियमित बैठकले सल्लाहकार परिषद् सभापतिमा वीरभद्र आचार्यलाई चयन गरेको थियो…

माछापुच्छ्रे गाउँपालिकामा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड जारी

पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकूद प्रतियोगिता जारी छ । रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ । रनिङ शिल्ड अन्तर्गत सोमबार भएको १०० मिटर छात्रछात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र…

श्रीपञ्चमीमा पोखराको बगद दीपदेखि अर्मलाकोटसम्म पर्वतीय दौड

पोखरा । हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा अर्मलामा पर्वतीय दौड हुने भएको छ । पोखरा महानगरपालिका–१६ अर्मलास्थित स्थानीय दुर्गा युवा क्लबको आयोजनामा यही माघको १६ गते पर्वतीय दौड हुने भएको हो । मेलाको अवसरमा पुरुष भलिवल तथा ठेलो प्रतियोगिता समेत हुने कलब अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिएका छन् । विशेष आकर्षणका रुपमा रहेको पर्वतीय दौड…

नवलपुरमा फागुनको पहिलो हप्ताबाट राइनो कप फुटबल

नवलपुर । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता फाल्गुनको पहिलो हप्ताबाट हुने भएको छ । नन्द–भाउजु उपभोक्ता समितिको आयोजनामा फागुनको ५ गतेदेखि शुरु हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ स्थित राइनो कप खेलमैदानमा हुनेछ । फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो । नन्द–भाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीले विभागीय…

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोेखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिताको आइतबार लिग अन्तर्गतको अन्तिम ३ खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलका लागि समूह ‘ए’ बाट नवआदर्श युवा क्लब कास्की विजेता र त्रिवेणी युवा क्लब लमजुङ उपविजेता बन्दै सेमिफाइनलमा स्थान…

गोपिचन्द्र पार्कीले जिते चितवन रत्ननगर रोटरी म्याराथन

चितवन । विभागीय सशस्त्र प्रहरी बल, एपीएफका धावक गोपिचन्द्र पार्कीले चितवनमा भएको रत्ननगर रोटरी म्याराथन जितेका छन् । हालैमात्र घरेलु भुमीमा सम्पन्न १३ औ साग खेलका स्वर्णपदक विजेता गोपिचन्द्रले ३ सय ५१ जनालाई पछि पार्दै म्याराथन जितेका हुन् । निर्धारित साढे १४ किलोमिटरको दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरी गोपिचन्द्रले म्याराथन जितेका हुन् ।…

२८ खेलको उत्कृष्ट खेलाडीहरुलाई एनएनआइपीएले स्पोर्टस् अवार्ड बाँड्दै

पोखरा । नेपाल राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय खेलाडी संघ (एनएनआइपीए) ले २०७५ सालमा उत्कृष्ट खेल प्रदर्शन गरेका २८ खेलका खेलाडीलाई ‘एनएनआइपीए’ स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ । संघले फागुनको ६ गते बसन्तपृुर डबलीमा विशेष कार्यक्रम गरी अवार्ड प्रदान गर्न लागेको हो । अवार्ड कार्यक्रमलाई काठमाडौं महानगरपालिका, ग्लोबल आइएमई बैंक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले…