खेलकुद »

आइसीसी एक दिवसीय श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

पोखरा । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २४…

लाउरेन्सद्वारा सहारा एकेडेमी अवलोकन

पोखरा । इङ्ल्याण्डको एफए पदाधिकारी तथा नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सले सहारा एकेडेमीको अवलोकन गरेका छन् । जोन्सले सहारा यूकेका पदाधिकारीहरूसँग एकेडेमीको अवलोकन गरेका हुन् । एकेडेमीको अवलोकनपछि लाउरेन्सले फुटबल विकासको लागि सहारा एकेडेमीले गरेको कार्य निकै प्रशंसा योग्य रहेको बताए । एकेडेमीको अवलोकनपछि आफूले नयाँ कुुरा सिकेको उल्लेख गरे । लाउरेन्सले भने, ‘मैले…

पोखरालाई थ्री बाई थ्री वेष्ट नेपाल बास्केटबल उपाधि

पोखरा । कास्की जिल्ला बास्केटबल संघले पोखरामा सम्पन्न लि निङ थ्री बाई थ्री वेष्ट नेपाल बास्केटबलको उपाधि जितेको छ । कास्की जिल्ला बास्केटबल संघले टाइम्स कलेज धनगढीलाई २१–१४ ले हराउँदै उपाधिसहित ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो । उपविजेता धनगढीले २५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पायोे । विजेता टिम पोखराका…

म्याग्दी, कास्की र स्याङ्जा प्रदेशस्तरीय मुख्यमन्त्री कपमा विजयी

पोखरा । म्याग्दी जिल्ला फुटबल संघ, कास्कीको आदर्श युवा क्लब र स्याङ्जाको होराइजन युथ क्लबले पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा जित निकालेका छन् । जितसँगै उनीहरुले टोलीको खातामा स्पष्ट ३ अंंक जोडेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिकको आदर्श खेल मैदानमा बिहीबार भएको प्रतियोगितामा समूह ‘बी’ मा रहेको म्याग्दी जिल्ला फुटबल संघले गैडाकोट खेलकुद…

थ्री स्टार ए डिभिजन लिगको तेस्रो स्थानमा

काठमाण्डौं । थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३–१ को जित निकाल्यो । खेलको छैटौं मिनेटमा लालरम्वाको पासमा अनमार्क रहेका सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पहिलो हाफको इञ्जुरी…

पुरुषतर्फ एपीएफ र हेल्प नेपाल क्लब च्याम्पियनसीपको फाइनलमा

काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसीपको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा विभागीय एपीएफले अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २५–२२, २५–२२ र २६–२४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको…

बलभद्र राईलाई सूर्य नेपाल इस्टर्न ओपनको उपाधि

पोखरा । धरानका व्यवसायिक गल्फर बलभद्र राई ‘मणि’ले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । इस्टर्न ओपन ९ अण्डरको रेकर्ड बनाउँदै राईले उपाधि जितेका हुन् । बलभद्रले आफ्नो करिअरमै दोस्रो पटक इस्टर्न ओपनको उपाधि हात पार्न सफल व्यवसायिक गल्फर समेत बनेका छन् । उपाधिसँगै राईले १ लाख २५ हजार र ट्रफी पुरस्कार पाए ।…

बगर भाइखलक फुटबलमा क्वाटरफाइनल समिकरण पूरा

पोखरा । पोखरामा जारी तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार प्रि–क्वाटरफाइनलका खेलहरु सकिएको छ । बगर भाइखलकले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा आयोजक सेतोले हेटौडा भेट्रान निलोलाई ४–२ ले पाखा लगायो । आयोजकको जितका लागि गंगा तामाङले २, मनोज गुरुङ र…

अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल दूधको प्रायोजन

पोखरा । अबको तीन हप्तापछि पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनलाई सफल दूधले प्रायोजन गर्ने भएको छ । भुतपूर्व खेलाडी मञ्चको आयोजनामा यही फागुनको ३ गते हुने अन्तर्राष्ट्रिय म्याराथनलार्ई व्यापक बनाउन लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिको सफल दूधले प्रायोजन गर्ने जनाइएको हो । यसअघि पनि म्याराथनलाई सफल दूधले नै प्रायोजन गर्दै आएको हो । सफल दूधले…

बालबालिकाहरुको किन्डर ओलम्पिक

काठमाण्डौं । राजधानीमा साना साना बालबालिकाहरुलाई समेटेर किन्डर ओलम्पिक नामको खेलकुद गरिएको छ । अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एशोसियसनले आयोजना गरेको ओलम्पिकमा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । ओलम्पिकमा ३ देखि ५ बर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए । बालबालिकाहरुले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड,…