खेलकुद »

प्रदेशस्तरीय मुख्यमन्त्री लिगमा नवलपुर, लमजुङ र तनहुँ विजयी

पोखरा । नवलपुर, लमजुङ र तनहुँले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री लिग फुटबलमा जित निकालेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको नवलपुरको गैडाकोट खेलकुद विकास समितिले होराइजन युथ क्लब स्याङ्जालाई ३–१ ले हराउँदै ३ अंक बटुल्न सफ लबनेको छ । नवलपुरका जितमा सुरेन्द्र गुरुङले २ र कैशालप्रताप…

हेटौडाका कृष्ण थापा बुद्धिचाल च्याम्पियन

पोखरा । हेटौडाका कृष्ण थापा पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगितामा हेटौडा चौकीटोलका थापाले ५.५ अंक बटुल्दै च्याम्पियन बनेका हुन् । उपाधीसँगै थापाले २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल…

मार्शल आर्टस् हाप्किडो सेमिनारको तयारी पूरा

पोखरा । पोखरामा आगामी शनिवारदेखि हुने प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनारको संपूर्ण तयारी पूरा भएको छ । नेपाल मार्शल आर्टस् हाप्किडो संघले पत्रकार सम्मेलनको आयोजना गरेर सेमिनारको संपूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारको तयारी पूरा भएको जानकारी दिए । अध्यक्ष घर्तीमगरका अनुसार…

राष्ट्रिय क्लब भलिबलको महिलातर्फ सेमिफाइनल समिकरण पूरा

पोखरा । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीप को महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार सम्पन्न समूह ए मा दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा एपीएफले सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३ –१ को जित निकाल्दै समूह बिजेता बन्न सफल भएको छ । एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ ले पराजित गरेको…

नेपालको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा लगातार दोस्रो जित

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा पाहुना टोली मलेसिया–११ माथि लगातार दोस्रो जित निकालेको छ । नेपाल भ्रमणमा रहेको मलेसिया ११ टिमलाई १ सय ७० रनको जित निकालेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल–११ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनायो…

पोखरा म्याराथनले नेपालकै पहिचान बनाउँछ : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखराको मात्रै नभएर नेपालकै पहिचान बनाउने बताएका छन् । मन्त्री गुरुङले म्याराथनलाई सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेकोे उल्लेख गरे । भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले…

आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत सातौं चरणको खेल खेलेको आर्मीले च्यासलमाथि शानदार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको हो । उसले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको हो । आर्मीलले ७ खेलबाट १६…

पूर्व राष्ट्रिय खेलाडी रानाभाटलाई बगर भाइखलकको सम्मान

पोखरा । पूर्व राष्ट्रिय खेलाडी खड्क रानाभाटलाई बगर भाइखलक पोखराले सम्मान गरेको छ । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले रानाभाटलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेकी हुन् । पोखरामा सोमबारदेखि शुरु तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अवसरमा भुतपूर्व खेलाडी मञ्च…

पोखरामा बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबल शुरु

पोखरा । पोखरामा तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु भएको छ । बगर भाइखलकको आयोजनामा भएको प्रतियोगिताको उदघाटन खेलमा आयोजकले विजयी सुरुवात गरेको छ । वगर भाइखलक ‘सेतो’ले माहावीर स्पोर्टस् क्लब हेटौंडालाई ४–१ गोल अन्तरले पाखा हराउँदै विजयी सुरुवात गरेको हो । वगर भाइखलकको जितमा मनोज…

मैत्रीपूर्ण क्रिकेटमा पाहुना टोली मलेसियामाथि नेपालको जित

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाहुना टोली मलेसियासँगको मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको भ्रमणमा रहेको टोलीलाई फराकिलो १ सय ३५ रनले हरायो । तीन खेलको श्रृंखलामा नेपालले १ को अग्रता बनाएको हो । नेपालले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया…