खेलकुद »

हिमालयन चितुवा अविरल किक बक्सिङ च्याम्पियन

अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् । टोकियोस्थित नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुक्केवाजलाई पहिलो राउण्डमै ढाल्न सफल भएका थिए । विपक्षी जापानी खेलाडीमाथि मैदानमा ढालेर पहिलो नकआउट हानेका हुन् । हिमालयन चितुवाका नामले परिचित नेपाली किक बक्सिङका खेलाडी २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि…

सहारालाई एनआरएन युकेका सल्लाहकार मोहन गुरुङको सहयोग

पोखर। एनआरएन युकेका सल्लाहकार मोहन गुरुङले पोखराको सहारा क्लवलाई आर्थिक सहयोग गरेका छन् । तनहुँ जिल्लाको खैरेनीस्थित स्थायी घर भई हाल वेलायत बस्दै आएका गुरुङले सहारा एकेडेमीमै पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुरुङले सहारा फुटवल एकेडेमीको अवलोकन समेत गरे । पोखरा–१७, दोभिल्लास्थित सहारा क्लवले संचालन गरेको एकेडेमीमा एक समारोहबीच क्लवका अध्यक्ष केशवबहादुर…

नेपाल पुलिस राष्ट्रिय क्लब भलिबल महिलातर्फको सेमिफाइनलमा

पोखरा । विभागीय नेपाल पुलिसको महिला टोली पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय च्याम्पियनसीपको क्लब भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सोमबार सेमिफाइनलमा स्थान बनाएको हो । पहिलोे खेलमा न्यू डायमन्डसँग ३–२ को सेटमा पराजित भएको पुलिसले १ अंक जोडेको थियो । ढोरपाटनलाई…

आयोजक त्रिशक्तिद्वारा गण्डकी प्रदेशस्तरीय फुटबल उपाधि रक्षा

पोखरा । आयोजक माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव लाहाचोकले गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा गैडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले हराउँदै आयोजक त्रिशक्तिले उपाधि रक्षा गरेको हो । उपाधिसँगै, विजेता त्रिशक्तिले १ लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र…

ए डिभिजन लिगमा एनआरटीले एपीएफलाई हरायो

पोखरा । स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार एनआरटी क्लबले स्पष्ट ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हराउँदै अंक जोडेको हो । जितसँगै सात खेलबाट ११ अंक बनाएको एनआरटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५ अंक बनाएको एपीएफ १२…

राष्ट्रिय क्लब भलिबलको महिलातर्फ एपीएफ र आर्मी सेमिफाइनलमा

पोखरा । विभागीय एपीएफ र आर्मीले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको महिलातर्फ अन्तिम चारमा स्थान बनाएका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आइतबार विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले समुह ए को खेलमा भरतपुर मेट्रो खेलकुद…

आर्मी एमएम कप क्रिकेट च्याम्पियन

पोखरा । विभागीय सेनाको त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिभुवन आर्मीले फाइनलमा अर्को विभागीय क्लब पुलिसलाई ८५ रनले हराउँदै च्याम्पियन बनेको हो । जितसँगै आर्मीले गत सिजनको फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ । च्याम्पियन बनेसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार हात पा¥यो । उपविजेता…

ए डिभिजन लिगमा मनाङ र थ्रीस्टारले अंक बाँड्यो

पोखरा । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टारले २-२ गोलको बराबरी खेल्दै समान १/१ अंक बाँडेका छन् । मनाङको जितमा दबै गोल अञ्जन बिष्टले गरेका थिए । मनाङका अञ्जनले खेलको ४८ र ७० औं मिनेटमा गोल गरेका थिए । थ्रीस्टारका तर्फबाट दुबै गोल लाल रामाभराले गरे । थ्री स्टारका रामाभराले खेलको…

आयोजक भ्याली स्पोर्ट्स क्लबको सेतोलाई अमन स्मृति फुटबल उपाधि

पोखरा । आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोले तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगरपालिका–१५, कोलपाटनको रेम्बो एकेडेमी होम्स्को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एलजी एशोसियसनलाई २–० गोलले पराजित गर्दै आयोजक सेतोले उपाधि जितेको हो । उपाधिसँगै उसले १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात…

अजितले जिते ८ किमिको बन्दीपुर मिनि म्यारथन

तनहुँ । काठमाण्डौंका अजितकुमार यादवले बन्दीपुर मिनि म्याराथनको उपाधि जितेका छन् । खुला तर्फको दौड प्रतियोगितामा बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिका कार्यलयसम्मको ८ किमिको दूरीलाई अजितकुमारले ३८ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । विजेता अजितकुमारले ३० हजार पुरस्कार पाए । त्यस्तै, मिनि म्याराथनमा ओेखलढुंगका अनिल कार्की दोस्रो भएका हुन् । अनिलले उक्त दूरी ३९ मिनेट १६…