खेलकुद »

अमन स्मृति कपको सेमिफाइनल समिकरण पूरा

पोखरा । भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत अन्तिम चारमा गार्डेन एफसी, सँगम क्लब आयोजक सेतो र एलजी एशोसिएसन प्रवेश गरेको छ । पोखरा महानगरपालिका–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्स्को खेल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलका खेलबाट जित निकाल्दै सेमीफाइनलमा…

क्लब च्याम्पियनसीप भलिबलमा शुरु

कामठमाण्डौं । आरबीसी एभीए क्लब च्याम्पियनसीप भलिबल प्रतियोगिताको महिलातर्फ न्यू डायमण्डले नेपाल पुलिसमाथि जित निकालेको छ । न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा हराएको हो । न्यू डायमण्डले पुलिसमाथि १७–२५, २५–१८, २३–२५, २५–१८ र १५–११ को अंकले जित निकालेको हो । घरेलु भलिबलमा एक साता बित्न नपाउँदै नेपाल पुलिसमाथि न्यू–डायमण्डले जित निकालेको यो दोस्रो हो…

ए डिभिजन लिगमा सातौं चरणका खेल शुरु

काठमाण्डौं । हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ । हिमालयनसँगको हारसँगै शीर्षस्थानको मच्छिन्द्र क्लब स्तब्ध बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ । लिग अन्तर्गत सातौं चरणको सुरुवातसँगै शेर्पाले लिगमा महत्वपूर्ण जित हासिल गरेको हो ।…

पोखरा म्याराथनबारे छलफल

पोखरा । पोखरामा हुने पोखरा १४ औं संस्करणको अन्तर्राष्ट्रिय पोखरा म्याराथनबारे यहाँ छलफल गरिएको छ । भुतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा म्याराथन समृद्धिसँग जोडिएको बताए । उनले गण्डकी प्रदेश सरकार पोखरा म्याराथनको साथमा रहेको प्रष्ट पारे । मन्त्री लम्सालले भने,…

लुकाकुको २१ सेकेण्डमै गोल

रोमेलु लुकाकुले खेल सुरुवात भएको २१ सेकेन्डमै गोल गरेका छन् । कोपा ईटालियाको खेलमा लुकाकु आबद्ध ईन्टर मिलानले काग्लीएरीमाथि ४–१ को जित निकालेको छ । कोपा इटालियाको अन्तिम १६ का लागि मंगलबार भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीएरीलाई फरक गोल अन्तरले हराएको हो । खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले…

तनहुँको मानहुँकोटदेखि पुलिमराङसम्मको अल्ट्रा म्याराथन तयारी

पोखरा । तनहुँको व्यास नगरपालिकामा तेस्रो संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको तयारी शुरु गरिएको छ । व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो । मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमीको दुरी रहेको छ । नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय…

अन्तराष्ट्रिय भेट्रान्स फुटबल तयारी पूरा

पोखरा । तेस्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलक पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोेगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पूर्व राष्ट्रिय प्रशिक्षक खड्कबहादुर रानाभाटलाई दोसल्लासहित ताम्रपत्रद्वारा सम्मान…

लाहाचोकमा प्रदेशस्तरीय फुटवल शुरु

पोखरा । माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव माछापुच्छे«–४, लाहाचोकको आयोजनामा बुधवारदेखि गण्डकी प्रदेश क्लवस्तरीय खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समूहले बाग्लुङ जिल्ला फुटवल संघलाई टाइबे्रकरमा ४–३ गोलअन्तरले हरायो । निर्धारित समयमा १–१ गोलको वरावरी भएपछि खेल टाइबे्रकरमा घकेलीएको थियो । आयोजक समूहको तर्फबाट विवेक सन्तोषी ‘म्यान अफ दी म्याच’ बने…

ढुंगेसाँघुको क्योकुशिन कान कराँते सकियो

पोखरा । पोखराको ढुंगेसाँघुमा माघे मेलासँगै १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता सकिएको छ । नेपाल क्योकुशिन कान कराँते संघ कास्की शाखाको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ २५ तौल समुहमा शालिन केसी प्रथम, सत्कार प्रतेल दोस्रो, प्रमेश मगर र नसिब थापामगर तेस्रो बने । ३० केजी तौल समुहमा रोहन…

अमन गुरुङ स्मृति सेभेन ए साइडमा ४ खेल

पोखरा । तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ४ खेल सम्पन्न भएका छन् । भ्याली स्पोर्टस् क्लबले आयोजना गरेको जारी प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा बीटी एफसीले नयाँगाउँ एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै जित हात पारेको छ । बीटीको जितमा ४ गोल गरेका सुदीप पाठक नायक…