खेलकुद »

ए डिभिजन लिगमा आर्मी र संकटाले अंक बाँड्यो

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी र संकटा क्लबले अंक बाँडेका छन् । लिग अन्तर्गत मंगलबार भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै समान १/१ बाँडेका छन् । बराबरी गर्दै दुवै टिमले १/१ अंक लिएपछि त्रिभुवन आर्मीले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ । नतिजासँगै आर्मीले १३ अंकसहित शीर्ष…

टेनिसको विश्व वरीयतामा प्रिन्स ११ औं स्थानमा

पोखरा । नेपालका उदीयमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा फड्को मारेका छन् । विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स ११ औँ स्थानमा उक्लिएका छन् । एकसाता अघि प्रिन्स विश्व वरीयताको १४ औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यू–१९ जुनियर खेलाडीको वरीयता निर्धारण गर्दै आएको छ । प्रिन्सले…

सेरेना विलियम्सलाई अक्ल्याण्ड टेनिस उपाधि

अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सले अक्ल्याण्ड क्लासिक टेनिसको उपाधि जितेकी छन् । अक्ल्याण्ड क्लासिक टेनिसको उपाधि जितेपछि सेरेनाले दुई वर्षकी छोरी र ट्रफी सहित एक साथ खुशी मनाइन् । सेरेना विलियम्सले तीन बर्षपछि उपाधि जितेकी हुन् । छोरी जन्मिएपछि उपाधिविहीन बन्दै आएकी ३८ बर्षीया सेरेनाले आइतबार अक्ल्यान्ड क्लासिक टेनिसको उपाधि जितेकी हुन् । पूर्व विश्व…

सर्जियो अगुइरोको इङ्लिस प्रिमियर लिगमा १२ औं ह्याट्रिक

अर्जेन्टिनी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले इङ्लिस प्रिमियर लिगको इतिहाँसमा सबै भन्दा बढि ह्याट्रिक गर्ने खेलाडीका रुपमा कीर्तिमान बनाएका छन् । अगुइरोले इङ्लिस प्रिमियर लिगमै ब्यक्तिगत १२ औं ह्याट्रिक पूरा गरेर सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । लिग अन्तर्गत साबिक विजेता म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई ६–१ को फराकिलो अन्तरले हराउँदा अगुइरोले ब्यक्तिगत…

रियल मड्रिड सुपर कप च्याम्पियन

स्पेनिस फुटबल महारथी रियल मड्रिड सुपर कपको च्याम्पियन बनेको छ । साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको फाइनल खेलमा रियलले प्रतिद्धन्द्धी एथ्लेटिको मड्रिडलाई पेनाल्टी टाइब्रेकरमा ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समय र थप गरिएको समयमा दुबै टोलीले कुनैपनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुट–आउटमा पुगेको थियो ।…

सागको बक्सिङमा पदक विजेतालाई सम्मान

पोखरा । घरेलु भुमीमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्न सफल बक्सिङका खेलाडीलाई एक्स–बक्सर ग्रुप मकाउले सोमबार नगदसहित सम्मान गरेको छ । बक्सर ग्रुप मकाउले स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीलाई समान २०/२० हजार नगद सहित सम्मान गरेको हो । त्यस्तै, रजत जितेका ललिता महर्जन, माला राई,…

एमएम कप क्रिकेटमा मलेसियाको शान्त्वना जित

पोखरा । पाहुना टोली मलेसिया सिलेक्सन–११ ले इनरुवामा जारी मनमोहन कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । प्रतियोगिताबाट बाहिरिसकेको पाहुना टोली मलेसियाले समूह चरणको अन्तिम खेलमा सोमबार गण्डकी प्रदेशमाथि १ सय ९२ रनको भारी अन्तरको जित निकालेको हो । ओसिलो पिचका कारण ४७ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले…

ए डिभिजन लिगमा एनआरटीको तेस्रो जित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले तेस्रो जित निकालेको छ । विभागीय नेपाल पुलिस क्लबमाथि १–० गोल अन्तरले हराउँदै सोमबार न्यूरोड टिमले तेस्रो जित निकालेको हो । यस जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलबाट ८ अंक जोड्दै जारी लिगको छैटौं स्थानमा उक्लेको हो । त्रिपुरेश्वरस्थित…

गण्डकी प्रदेशस्तरीय फुटबलमा ११ जिल्लाको प्रतिस्पर्धा

पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् । लेखनाथको भण्डारढिक खेल मैदानमा माघको ४ गतेदेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन् । लिग कम नक आउटका आधारमा संचालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (स्याङ्जा),…

जनज्योतिलाई क्वीक्स फुटबलको उपाधि

पोखरा । जनज्योति पब्लिक स्कुलले राजधानीमा सम्पन्न क्वीक्स कप अन्तर गल्र्स स्कुल फुटबलको उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा दुर्गा सेकेण्डरी स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै जन ज्योतिले उपाधि जितेको हो । जनज्योतिको जितमा दिक्षा खांड र एलिसा थापामगरले १/१ गोल गरे । दुर्गाका सुनिता बोलानले १ गोल फर्काए । उपाधिसँगै…